Monday, October 3, 2016

कटुवा पेस्तोलसहित युवक पक्राउ

katuwa-pestol-gunधनगढी, १७ असोज । धनगढी उपमहानगरपालिका–१३ मा एक व्यक्तिलाई कटुवा पेस्तोल र गोलीसहित पक्राउ गरिएको छ ।

स्थानीय २४ वर्षीय प्रेम भट्टलाई कटुवा पेस्तोल र आठ राउन्ड गोलीसहित दुई दिनअघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले आज सार्वजनिक जनाएको छ ।

निज भट्टसँग हातहतियार रहेको भन्ने सूचनाका आधारमा गरिएको खोजतलासका क्रममा निजको खेतको आलीबाट उक्त हातहतियार बरामद गरेको जनाइएको छ ।

निजलाई हिरासतमा राखी आवश्यक कारबाही भइरहेको जनाइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...