Thursday, October 6, 2016

गगन थापालाई रुवाउने जुम्लाकी सन्ध्याको निधन, अन्तिम इच्छा पूरा भएको एक सातामै संसार छाडिन्

sandhya_gagan-650x416

काठमाडौं, २० असोज । अस्पतालबाट मृत्यु पूर्जा पाएर स्वास्थ्य मन्त्री गगन थापासँग भेट गर्ने इच्छा राखेकी जुम्लाकी युवती सन्ध्या शाहीको बुधबार निधन भएको छ ।

स्वास्थ्यमन्त्री थापालाई भेट्न उनले पत्र नै लेखेकी थिइन् । जुन निकै चर्चित भएको थियो । पत्र सार्वजनिक भएपछि मन्त्री थापा असोज ११ गते सन्ध्यालाई भेट्न उनकै निवास पुगेका थिए ।

स्वास्थ्यमन्त्री भेट्ने आफ्नो इच्छा पूरा भएपछि सन्ध्याले असोज १९ अर्थात हिजो बुधबार संसार छाडेकी हुन् ।

sandhya-shahi-death

जुम्लाका स्थानिय महेन्द्र हमालका अनुसार बुधवार निधन भएकी सन्ध्याको बुधवार नै दाहसंस्कार गरिएको छ । जुम्लाकी स्थानीय सन्ध्याको दाहसंस्कारमा जुम्ला र कर्णालीका कैयन सर्वसाधारण पुगेका थिए । उनको निधनमा सिंगो कर्णालीबासी दुःखी रहेको स्थानियहरुले बताएका छन् ।

यसअघि सन्ध्यासँगको भेटमा उनका पीडा सुनेर मन्त्री थापा भावुक भएका थिए । क्यान्सर रोगबाट पीडित उनले अस्पतालहरुमा विरामीलाई गरिने व्यवहार लगायतका अन्य पीडाका बिषयमा मन्त्री थापासँग गुनासो पोखेकी थिइन् ।

यो पनि पढ्नुस्ः

मृत्यु कुरिरहेकी जुम्लाकी सन्ध्यालाई भेट्दा रोए गगन थापा, भेटमा के भने ?

स्वास्थ्यमन्त्री थापालाई अस्पतालको बेडमा मृत्यु पर्खिरहेकी १९ वर्षे युवतीको मार्मिक पत्र

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...