Saturday, October 29, 2016

मोटरसाइकलको ठक्करबाट पूर्व सैनिकको मृत्यु

accidentभीमदत्तनगर, १३ कात्तिक । इलाका प्रहरी कार्यालय झलारीको मोटरसाइकलको ठक्करबाट गए राति कञ्चनपुर, झलारीपिपलाडी नगरपालिका–११ कलुवापुरका ५५ वर्षीय प्रतापसिंह महराको मृत्यु भएको छ ।

पूर्व सैनिक महरा राति झलारी बजारबाट पूर्वपश्चिम राजमार्गमा पैदल हिँड्दै घरतर्फ गइरहेका बेला विपरीत दिशाबाट आएको प्रहरीको मोटरसाइकलले राजमार्गको सुनवरा नदी नजिकै ठक्कर दिई घाइते बनाएको र उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीले मोटरसाइकल नं र चालक प्रहरीलाई सार्वजनिक गरेको छैन । घटनाबारे थप अनुसन्धान गर्न जिप्रकाबाट प्रहरी टोली घटनास्थल पुगेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...