Monday, October 3, 2016

प्रमुख दलबीच भयो नयाँ सहमति! एमाले पनि सहमतिमा आयो

kp-oli-prachanda-shre-br-deuwa-650x339काठमाडौं, १७ असोज । इलाकाको आधारमा स्थानीय निकायको पुनर्संरचना गर्न प्रमुख तीन दल सहमत भएका छन् ।

दसैंको मुखमा सोमबार सिंहदरबारमा बसेको प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकमा तोकिएको समयभित्र चुनाव गर्नको लागि इलाकालाई आधार मानेर स्थानीय तह पुनर्संरचना गर्ने सहमति भएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको पुनर्संरचना गर्दा इलाकालाई आधार बनाउने सहमति भएको जानकारी दिनुभयो ।

यस्तै बैठकमा सहभागी एमाले उपाध्यक्ष भीम रावलले स्थानीय तहको पुनर्संरचना गर्न तोकिएको समयमा चुनाव सम्पन्न गर्नका लागि पार्टीको निर्णयअनुसार संख्यामा लचिलो बन्ने सहमति भएको बताउनुभयो ।

बैठकबाटै प्रमुख दलले इलाकालाई आधार मानेर स्थानीय निकायको संख्या बनाउन र संरचना गर्न स्थानीय तह पुनर्संरचना आयोगलाई आग्रह समेत गरेका छन् ।

एमाले उपाध्यक्ष रावलका अनुसार आयोगलाई कात्तिक महिनाभित्र प्रतिवेदन बुझाउन आग्रह गरिएको छ ।

बैठकमा एलडिओको सरुवाहरुलाई रोक्नका लागि एमालेले आग्रह गरेको थियो । आग्रह अनुसार प्रधानमन्त्रीले एलडिओको सरुवा रोक्न पहल गर्ने आश्वासन दिनुभएको एमाले उपाध्यक्ष रावलले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले उपाधयक्ष भीम रावल र पुनर्संरचना आयोगका पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...