Thursday, October 6, 2016

संविधान कार्यान्वयनमा तीन दल मिल्नुको विकल्प छैन : नेता खनाल

jhalanath-khanalभक्तपुर, २० असोज । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान कार्यान्वयनमा मुख्य तीन दल मिल्नुको विकल्प नभएको बताउनुभएको छ ।

नेपाल बुद्धिजीवी परिषद् जिल्ला कार्यसमिति भक्तपुरले आज सूर्यविनायकमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो– “अहिले संविधान कार्यान्वयन गर्नुपर्ने समय हो, यो समयमा काँग्रेस, माओवादीको गठबन्धन सरकारले मात्रै सम्भव छैन, तीन दल नमिलेसम्म संविधान कार्यान्वयनमा सङ्कट आउँछ ।”

मुख्य तीन दलमध्येका दललाई नै बेवास्ता गर्दै अगाडि बढेर सत्ता पक्षले राष्ट्रलाई अधोगतितर्फ लैजान लागिरहेको उहाँले जिकिर गर्नुभयो ।

आगामी दिनमा हुने तीनवटै निर्वाचन एमालेका लागि चुनौती र अवसर भएकाले एकढिक्का भएर अगाडि बढ्न उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य सोम मिश्र, नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय अध्यक्ष दिनेशचन्द्र देवकोटा, एमाले भक्तपुर जिल्ला उपाध्यक्ष बचन देउवालगायतले संविधान कार्यान्वयनलाई पार्टीले मुख्य कार्यका रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...