Saturday, October 1, 2016

जनताको मन जित्ने गरी काम गर्नोस्– प्यासी

20161001092252-satyanarayanपोखरा, १५ असोज । नेकपा (एमाले) निर्वाचन आयोगका केन्द्रीय अध्यक्ष सोमनाथ अधिकारी प्यासीले जनताको मन जित्ने गरी काम गर्न कार्यकर्तासँग आग्रह गर्नुभएको छ ।

बडादसैँ, तिहार, नेपाल संवत् र छठका उपलक्षमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एमालेले जनजागरणका लागि पार्टी कार्यकर्ता परिचालन गरिसकेको बताउनुभयो ।

सो अवसरमा पार्टीका केन्द्रीय सदस्य एवम् सांसद तुलबहादुर गुरुङ र पोलिटब्युरो वैकल्पिक सदस्य जगत् विश्वकर्माले सबै राजनीतिक दल एकता र सहकार्यको बाटाबाट अघि बढे मात्रै नेपाली जनताको भविष्य सुनिश्चित भएको धारणा राख्नुभयो ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घको ३१ औँ महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष विश्वशङ्कर पलिखे लगायत पदाधिकारी र मानवअधिकार संरक्षण मञ्चका अध्यक्ष नवदत्त ढुङ्गानालाई सम्मान गरिएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...