Sunday, October 9, 2016

दसैँमा पूर्वाञ्चलको सुरक्षा कडा

nepal-policeउर्लाबारी (मोरङ), २३ असोज । दसैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर पूर्वाञ्चलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
पूर्व क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केशरीराज घिमिरेले सामान्य अवस्थाको भन्दा सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको र भारतसँग सीमा जोडिएका तराईका विभिन्न स्थानमा उच्च सतर्कता अपनाइएको जानकारी दिनुभयो ।

चाडपर्वलाई लक्षित गरेर ठाउँ ठाउँमा पिकेट ड्युटी र मोबाइल गस्तीका लागि १० हजार प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो
प्रहरी नायब महानिरीक्षक घिमिरेका अनुसार चाडपर्वका बेला हुने आपराधिक घटना नियन्त्रण र घटनामा संलग्नको पहिचानका लागि सादा पोसाकका पनि प्रहरी परिचालन गरिएको छ ।

विशेष गरेर बैंक वित्तीय संस्था, सार्वजनिकस्थल, सवारीसाधनको चहलपहल बढी स्थान, राजमार्ग, भित्री सडक, जङ्गल क्षेत्र र बजार क्षेत्रमा प्रहरीको निगरानी बढाइएको र सम्भावित घटना हुनसक्ने क्षेत्रमा प्रहरीलाई २४ घन्टा नै निगरानीमा राखिएको छ

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...