Thursday, October 6, 2016

चेपाङलाई खाद्यान्न सहयोग

nnnnnn

चितवन २० असोज । मकवानपुरको काँकडा गाविस वडा नं.८ धिराङका ११ घर परिवार विपन्न चेपाङहरुलाई आज एक कार्यक्रमका बीच खाद्यान्न सहयोग गरिएको छ । नारायणी मोटर्सका सञ्चालक तथा चितवनका सफल व्यवसायी वालगोपाल चुकेले आफ्नी श्रीमति आयुषा चुकेको जन्मदिन पारेर चेपाङलाई खाद्यान्न सहयोग गरेका हुन । कन्दमुलले दसैं मान्नु पर्ने दयनीय अबस्थाका चेपाङहरुको बाध्यता थाहापाएपछि सामाजिक सेवामा क्रियाशिल चुके परिवारले चेपाङ परिवारलाई प्रति घर एक बोरा चामल,एक लिटर तेल,मसला,नुन र दसैँमा मासु खरिद गर्न रु ५०० का दरले विहीवार हस्तान्तरण गरेका हुन । लोथर बजारमा आयोजित कार्यक्रममा प्रदान गरिएको खाद्यान्न दिएर चेपाङहरु उकालो चढेका थिए । उनीहरु १३ घण्टाको पैदलदुरी तय गरेर लोथर खोलाको सिर देखि बजार सम्म आएका थिए । कार्यक्रममा नेपाल चेपाङ संघका केन्द्रीय सदस्य सन्तबहादुर चेपाङ,गामवेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्मा,पत्रकार ददी सापकोटा,अभिषेक चुके लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन शसस्त्र प्रहरी बल गणिमाई गण भण्डाराले गरेको थियो ।

mmmmm

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...