Saturday, October 1, 2016

भारतीय प्रधानमन्त्री मोदीलाई पाकिस्तानबाट बेलुनमा आयो ‘खतरनाक’ धम्की

balloon-759-650x361काठमाडौं, १६ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पाकिस्तानबाट बेलुनमा धम्की आएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उर्दूमा सम्बोधन गरेर लेखिएको दुईवटा बेलुन मेसेज पंजाबको दिनानगरस्थित घेराल गाउँमा शनिबार भेटिएका छन् ।

पहेंलो रंगको बेलुनमा कागजको एक टुक्रामा मोदीको लागि सन्देश लेखेर टाँसिएको छ । जसमा लेखिएको छ- ‘मोदीजी अयूबीको तरबार अहिलेसम्म पनि हामी सँगै छ । इस्लाम जिन्दावाद ।’

समाचारअनुसार उक्त बेलुनलाई पहिलो पटक स्थानीय एक व्यक्तिले आफ्नो घर नजिकै देखे । जब उनले उर्दूमा सन्देश देखे, तब उक्त बेलुनबारे पुलिसलाई जानकारी दिए ।

यद्यपी, दीनानगरमा यस्तो प्रकारको बेलुन सन्देश पाइएको यो पहिलो घटना भने होइन । गत जुलाईमा पुलिसले दीनानगर नजिकैको झाण्डे चाक गाउँमा यस्तै प्रकारको बेलुन भेटेको थियो जसमा पाकिस्तानको झण्डामाथि लेखिएको थियो, ‘आइ लभ पाकिस्तान’ ।

काश्मिरको उरी घटनापछि दुई देशबीच तनाव बढिरहेका बेला पाकिस्तानबाट बेलुनमा धम्की आउनुलाई अर्थपूर्ण हेरिएको छ ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...