Tuesday, October 4, 2016

चट्याङ लागेर बालकको मृत्यु

chatyangपाँचथर, १८ असोज । चट्याङ लागेर गएराति पाँचथरको मेमेङका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेमेङ–८ बस्ने गजेन्द्र लिम्बूका पाँचवर्षीय छोरा अमित लिम्बू रहेका छन् ।

उनलाई घरमा खेल्दै गरेको अवस्थामा चट्याङले लागेको थियो । चट्याङ लागेसँगै उनको घटनास्थलमै मृत्यु भएको थियो ।

शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...