Tuesday, October 25, 2016

हवाई उडानमा यात्रुको चाप बढ्दो

plane-650x250भोजपुर, ९ कात्तिक । भोजपुरबाट विराटनगर र काठमाडौँ जानका लागि हवाई उडानमा यात्रुको चाप बढ्न थालेको छ । भोजपुरदेखि काठमाडाँ र विराटनगर जाने यात्रुको चाप बढेको नेपाल वायुसेवा निगम भोजपुरका प्रमुख नारायण पुरीले जानकारी दिनुभयो ।

टिकटका लागि अहिले नेपाल वायु सेवा निगमको कार्यालय अगाडिको भित्तासमेत नामावलीले भरिएको छ । निगमको कार्यालयको भित्तामा आगामी कात्तिक २७ गतेसम्मका लागि टिकटको नामावली टाँस गरिएको छ ।

भोजपुर विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले सोमबार, मङ्गलबार, बिहीबार र शनिबार काठमाडौँमा चारवटा र सोमबार, मङ्गलबार, बिहीबार विराटनगरका लागि तीन उडान भर्दै आएकोे प्रमुख पुरीले बताउनुभयोे ।

यता निजी उडान गर्दे आइरहेको तारा एयरलाइन्सको जहाजले भने बिहीबार काठमाडौँ भोजपुरमा एक उडान गदैँ आएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...