चिन्नु न जान्नु घचेडी माग्नु भनेको उखान ठिक रहेछ l नचिनेको संग टाडा बस्नु र अपरिचितले दिएको कुरा पनि नखानु भन्थे हो रहेछ l भलाईको युग जमाना कहा छ अब ? l म आफु संग घटेको घटना जस्ताको त्यस्तै उतार्ने जमर्को गर्दछु l आफु अमेरिकामा छु तर घटना नेपालको हो l आज झन्डै २० बर्ष पछि गुम्सिएको कथा पस्कन मन लाग्यो l त्यो पनि तिहारको मुखमा घटेकोले आज लेख्ने सोचे l
जब एक अपरिचित अभर परेकोलाई मदत गर्न खोज्दा मौकाको फाईदा उठाई मलाई नै षडयन्त्र गरि ज्यान जोखिममा पर्यो l तर सौभाग्य भनु या ईश्वरको कृपाले ठुलो काल टर्यो l त्यो घटना बाट म कठोर भएको छु l अभर परेका सग हत्पत्त दया लाग्दैन l माओबादीले सन् १९९६ बाट जनयुद्ध को घोषणा गरेको करिब दुई बर्ष पछि १९९८ मा घटना भएको हो l
सगरमाथा अञ्चल, सप्तरी जिल्लाको महेन्द्र राजमार्गको रुपनी भन्ने ठाउँमा घटना हुन् पुग्यो l रुपनी (सप्तरी जिल्ला )बाट राजविराज गइन्छ l म आफ्नो काम सकेर बिराटनगर जादै थिए l आफु कामको शिलशिलामा हिडदा एक्लो हिन्थे किनभने म छिटो काम गर्न रुचाउथे l स्वास्थ्य क्षेत्रमा ओखति प्रचार प्रसार पेशामा संलग्न थिए l
कुकुर तिहार जस्तो लाग्छ , म संग हरियो रंगको नायक भटभटे(हिरो होन्डा ) थियो l काम गरेर गलेको अवस्थमा फर्किदै थिए सप्तरीको रुपनीमा चौक मा झपक्क अध्यारो समयमा एक युवक राम्रो मान्छेले दाई मलाई अभर पर्यो भने l मनले नमानी नमानी सहयोग गर्न मन लाग्यो किनभने रातिको समय र चिनजान नभएको व्यक्ति l
अनुहार चिनिन ,म जस्तै शरीर र कालो वर्णका तराई मुलका युवक थिए l उनको अर्को दाउ रहेछ ,मैले बुझिन l धर्म गर्ने भनेर उनलाई पछाडी बसाए l हावाले मुखमा हान्छ भनेर मुखमा रुमाल बाने l उनि संग एउटा झोला र लट्ठी जस्तो थियो l मैले राम्रो लुगा र झोलामा केहि ल्याएको उनलाई शंका लागेछ l उनको नियति नै लुट्ने रहेछ l
उनको मनमा एकै छिन्मा पैसा लुट्छु र भटभटे लाने दाउ रहेछ l किनभने पछाडीको मान्छे ले एक लाठी हाने भने त अगाडिको मानिस त भुक्लुक्क ढल्छ l
रुपनी बाट मैले भटभटे बेतोड कुदाए किनभने अध्यारो भै सकेको थियो l खै ,उनले के के सोचे होलान l मलाई कसरि ढालेर भटभटे लाने अनगिन्ती योजना थियो होला उनको l तर म अलिक भाग्यशाली भएकोले उनको योजना यसरि चकनाचुर भयो l उनि जिल्ल मात्र भएनन् प्रहरीको अगाडी बाट बेपत्ता भागे l ठुलो दुर्घटना बाट म बालबाल बचे l
उनले के भने ?
भटभटेमा हिडेको पांच मिनेटमा म माओबादी हु भने l र उनले मलाई त शब्द प्रयोग गरे l म जहाँ भन्छु त्यहि रोक्नु र मेरा साथी छन् भने l हामीलाई सवारी साधन खाचो छ र अर्थ को पनि खाचो छ भन्दै थिए l मेरो मनमा चिसो पस्यो किनभने त्यो स्थानमा त्यो समयमा सुनसान हुन्थो l मेरो दिमागले ठुलो काम गर्यो l मैले के भन्नु भयो भयो ठुलो स्वरमा भने ? सुनेको थिए ,तर अभिनय गरेर अब मैले केहि उपाय गर्ने भनि मनमा लाख वटा कुराहरु सोच्न थालेको मात्र थिए उपाय निस्क्यो l अब यो गरे भने मात्र म दुर्घटना बाट बच्दछु भन्ने लाग्यो l
उनले फेरी अब एक छिनमा एक ठाउमा रोक्नु पर्छ भने l मैले हुन्छ भन्दै अर्को योजना बनाई सकेको थिए l मेरो योजना पैसा र गाडी दिने थिएन l म जहिले पनि सवारी साधन अमेरिकामा पनि अहिले पनि कुदाउदा गायत्री मन्त्र उच्चारण गरि रहन्छु l यो मन्त्रले मलाई बचायो भन्छु l
उनि संग के थियो थाहा भएन र उनि पनि समयको हिसाब गर्न चुके l मलाई लुटेका भए मेरो कन्तबिजोग हुन्थ्यो l रातको समय कसैले गाडी बिचमा रोक्दैन थियो किनभने माओबादीको बिगबिगी थियो l बिराटनगर पुग्नु पर्ने l
झन् अध्यारो अध्यारो हुदै थियो l उनले अब मलाई केहि गर्छन जस्तो लागेको अवस्थामा रुपनी बाट नजदिक रहेको कन्चानपुर बेरियर भन्छन त्यहाँ प्रहरी चौकी थियो l संयोगबस त्यहा मेरो साथीको आफ्नो मान्छे प्रमुख थिए l केहि महिना अगाडी त्यहा चौकीमा जाँदा केहि भएमा आउनु भनेका थिए l
मैले उनि संग कुरा गर्दा गर्दै उनलाई थाहा नै नदिई अब म बच्नु छ भने त्यहि शरण लिनु पर्छ भन्ने गायत्री मन्त्र जप्दै तुरुन्तै बेतोड संग भटभटे उनि संगै प्रहरी चौकी भित्र पसाई दिए l प्रहरी चौकी भित्र गाडी पसाउदा उनि आत्तिए l म हामफालेर हतार हतार आफ्नो मान्छेको नाम लिदै भित्र पसेको मात्र के थिए त्यी ठग माओबादी हुन् या खाओबादी बेपत्ता भागे l
किनभने बाटो अध्यारो थियो तर चौकी भित्र पस्दा उनि अकमक्क भए l तुफान भागे l प्रहरीहरु तुरुन्त आए र सोधपुछ गरे l त्यी केटा सुई कुच्चा ठोकी सकेका थिए l राजमार्ग मै प्रहरी थाना भएकोले बालबाल बचे l र प्रहरीले मलाई कोशी परि सम्म लगेर छोडी दिए l अनि म बिराटनगर घर सकुसल पुगे l
मैले किन उनि संगैलाई उनलाई थाहा नै नदिई प्रहरी चौकीमा लागेको भन्दा केहि बर्ष अगाडी पुर्व बिर्तामोडबाट बिरगंज जाने सार्बजनिक यात्रियान (बस )भित्र झगडा हुँदा चालकले मानिस सहित गाडी नै प्रहरी थाना भित्र पुर्याएको घटना सुनेकोले मेरो लागि त्यो चालकको सोच्ने बुद्धि नै मेरो लागि उत्प्रेरणाको श्रोत बन्यो l त्यसो गर्दा ति चालक लुटिन बाट बचेका थिए अरे l मष्तिस्कले सहि समयमा सहि ठाउँमा काम गर्यो भन्नु पर्ला l
तिहार को वरपर घटना घटेकोले पाठक वर्गलाई समर्पण गर्न चाहन्छु l भलाई गर्ने समय छ या छैन त्यो हामीले सोच्ने कुरा हो l अलिकति बुद्धिले काम गर्दा कुनै अप्रिय घटना हुन् पाएन l ईश्वर प्रति नमन ! अमेरिकामा अहिले सम्झन्छु कि पछाडी बसेको मान्छेले लट्ठीले टाउकोमा बजारे भए ठहरै हुइन्थ्यो l
पुन : एक पटक दश औला जोडेर भगवान प्रति शिर झुकाएर ढोग !
No comments:
Post a Comment