Wednesday, October 5, 2016

अख्तियार प्रमुख कार्कीको घरमा सूचना नटाँसिकनै फर्कियो सर्बोच्चको टोली

lokman-singh-karki-1काठमाडौं,  १९  असोज ।  अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद टाँस्न गएको सर्बोच्च अदालतको टोली म्याद नटाँसिकनै फर्किएको छ ।

कार्कीको नियुक्तिको निर्णय पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि कार्कीले म्याद बुझ्न अस्वीकार गरेकाले उनलाई सुचित गर्न बुधबार सर्वोच्चको टोली उनको नयाँबानेश्वरमा रहेको  घरमा म्याद टाँस्न गएको थियो ।

पूरै घर भाडामा भएकोले म्याद टाँस्न नमिल्ने हुदाँ म्याद नटाँसिमनै फर्किएको सर्वेच्चका एक कर्मचारीले बताए ।

अख्तियार प्रमुख कार्कीको नियुक्ति कानुनसम्मत नभएको उल्लेख गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा २०७० वैशाख २९ गते रिट दायर गरेका थिए । सर्वोच्चले उक्त रिट २०७१ असोज ८ गते खारेज गरेको थियो ।
अधिवक्ता अर्यालले अख्तियार प्रमुख कार्की्विरुद्ध पुनः पुनरावलोकनको निवेदन हालेका थिए ।

त्यसपछि सर्वोच्चले दुवै पक्षलाई म्यादको पत्र पठाएको थियो । जसमा अधिवक्ता ओमप्रकाश अर्यालले पत्र बुझिसकेका छन् भने कार्कीले बुझ्न अस्विकार गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...