गत ओक्तुबर २३ तारिक को दिन उज्ज्वल ठकुरी द्वारा १४० पौण्ड पुरा शरीरले उठाए भने दात ले मात्र ९० पौण्ड तौल तिन चोटी (२४.८८/२३.३९)(३३.३४, ३३.५८)(४८.०६, ४८.००) सेकेन्ड सम्म उठाएर नया रेकर्ड कायम गरि गिनिज बुक अफ वोर्ल्ड रेकर्ड को लागि २४ तारिखमा पेश गरिएको छ । यो रेकर्ड को रिजल्ट दुइ हफ्ता लाग्ने बताइएको छ।भिडियो क्यामरा म्यान बिश्व राज थापा द्वारा तैयार पारिएको थियो भने लिउड कमिटि स्प्रिंगफिल्डमा गरिएको थियो ।जस्मा ४ जना जज,२ जना टाइम किपर राखी रिकर्ड तैयार पारिएको थियो।
यो भन्दा अघि ११० पौण्ड को बिजेतालाई उज्ज्वल ठकुरी ले जित्नु पर्ने हुन्छ । यो भिडियो गिनिज वोर्ल्ड रिकर्डले मान्यता दिए उज्ज्वल ठकुरी नेपाल देश को अर्को नया बिश्व रिकर्ड प्राप्त गर्ने ब्यक्तिमा गनिने छ्न । हुनत उज्ज्वल ठकुरी द्वारा १३० पौण्ड को तौल मेरिल्याण्डमा उठाएर रिकर्ड बनाइएको थियो तर त्यो रिकर्ड मा केहि त्रूटी रहेकोले फेरी यो नया १४० पौण्ड को रिकर्ड तैयार गर्नु परेको थियो । उज्ज्वल ठकुरी द्वारा यो समाचार र सबुत सबै पत्र पत्रिकामा पठाउन अनुरोध पनि गरिएको छ भने भिडियो पनि समाबेश गरिएको छ ।
No comments:
Post a Comment