Monday, October 3, 2016

‘भाग्यले बाँचेकाहरु’लाई अन्तर्राष्ट्रिय अवार्ड, हङकङ, सिम्ला र फिनल्याण्डमा एकैदिन शो

bhagyale_bachekaharu_ganesh_panday-650x320

हङकङ, १७ असोज । नेपालको महाभूकम्पमा परी चमत्कारिक रुपमा ज्यान बचाउन सफल नेपालीको कथामा बनेको बहुचर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ को हङकङमा प्रदर्शन गरिएको छ ।

लमजुङ सेवा समिति हङकङको आयोजनामा हङकङस्थित युनलोङ टाउन हलमा भाग्यले बाँचेकाहरुको च्यारिटी शो गरिएको हो । कार्यक्रममा भाग्यले बाँचेकाहरुका निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैरे आफै उपस्थित थिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएन)का केन्द्रीय सल्लाहकार त्रिलोक गुरुङले नेपालप्रति सहानुभूति जुटाउन र पुनर्निमाणका लागि भाग्यले बाँचेकाहरुले मद्दत गरेको बताए । ‘भाग्यले बाँचेकाहरु’ हेरेपछि हङकङबासी नेपाली भाबुक बनेका थिए ।

ganesh_panday_sharada_gaire_bhagyale_bachekaharu

लमजुङ सेवा समिति हङकङका अध्यक्ष सरोज गुरुङ र उपाध्यक्ष श्याम कुमार गुरुङले (खम)ले हङकङबासीलाई भाग्यले बाँचेकाहरु देखाउन पाउँदा खुसी लागेको बताए ।

प्रदर्शनीबाट संकलित रकम लमजुङ सदरमुकाम बेसीशहरमा निर्माणाधिन स्टेडियमका लागि सहयोग गर्ने लमजुङ सेवा समितिका सचिव सुरेन्दमान घलेले बताए ।

कार्यक्रमपछि हङकङस्थित चाइनीज विश्वविद्यालयकी प्रोफेसर सो कोक वाइ वीनीले ‘भाग्यले बाँचेकाहरु’ उत्कृष्ट बनेको भन्दै प्रशंसा गरिन् ।
कार्यक्रममा ‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डेले स्वदेश तथा विदेशमा निरन्तर अवार्ड जितिरहँदा आफूहरु निकै उत्साहित भएको बताए । ‘भाग्यले बाँचेकाहरुले अन्तर्राष्ट्रिय जगतमा नेपाली फिल्मको शान बढाउने काम गरेको छ । यसले नेपालको समेत प्रबर्धन गर्ने मेरो विश्वास छ ।’– निर्देशक पाण्डेले बताए । उनका अनुसार, करिब ६५ वटा फिल्म महोत्सवमा भाग्यले बाँचेकाहरु प्रदर्शनीका लागि छनौट भएको छ भने विभिन्न देशमा नेपाली समुदायले प्रदर्शन गर्ने तयारी गरिरहेका छन् ।

ganesh_panday_hongkong_bhagayale_bachekaharu

साइन मिडिया प्रालिले निर्माण गरेको भाग्यले बाँचेकाहरुको छायाँकन विनोद विष्ट, सम्पादन कुमार शाह, संगीत जुगल डंगोल, लेखन सपना शाक्य र दीपक कोइरालाले गरेका छन् भने अमेरिकन चलचित्रकर्मी जोजाय हुपरले परामर्शदाता सम्पादकको रुपमा काम गरेका छन् । बृत्तचित्रको सम्राट मुभीजले पोष्टप्रोडक्सन गरेको हो ।

img_9314

यसैबीच, भारतको पर्यटकीयस्थल सिम्लामा आइतबार राति सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘भाग्यले बाँचेकाहरुले उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड जितेको छ । यो विधामा अमेरिका, रसिया, इरान, जापान, अर्जेन्टिना, साइप्रस, क्यानडासहित १४ वटा देशका डकुमेन्ट्री फिल्म प्रतिस्पर्धामा थिए । काठमाडौँ अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिबलबाट अवार्ड यात्रा सुरु गरेको भाग्यले बाँचेकाहरुले यसअघि नै करिब एकदर्जन अवार्ड जितिसकेको छ ।

आइतबार नै फिनल्याण्डको भासा शहरमा भएको अन्तर्राष्ट्रिय नेचर फिल्म फेस्टिबलमा पनि ‘भाग्यले बाँचेकाहरु’ अवार्डका लागि मनोनयनमा परेको छ ।

हेर्नुस् तस्वीरहरुः फोटो टक गुरुङ

bhagyale_bachekaharu-show-hongkong

ganesh-panday-sharada_gaire-bhagyale_bachekaharu ganesh_panday_bhagyale_bachekaharu bhagyale-bachekaharu_show  bhagyale_bachekaharu_show-hongkong bhagyale-bachekaharu_big-file

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...