Monday, October 3, 2016

टोली नयाँदिल्ली प्रस्थान

enlightened-group-nepalकाठमाडौँ, १७ असोज । नेपाल–भारत प्रबुद्ध समूह (इपिजी)को बैठकमा सहभागी हुन नेपाली टोली आज नयाँदिल्ली प्रस्थान गरेको छ ।

नेपाली टोलीका संयोजक भेषबहादुर थापाको नेतृत्वमा पूर्वमन्त्री नीलाम्बर आचार्य, सांसद राजन भट्टराई र सूर्यनाथ उपाध्याय आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो । बैठक मङ्गलबारदेखि नयाँदिल्लीमा सुरु हुँदैछ ।

बैठकमा नेपालले १९५० मा भएको शान्ति तथा मैत्री सन्धि पुनरावलोकनको प्रस्ताव राख्ने नेपाली टोलीका सदस्य भट्टराईले जानकारी दिनुभयो ।

यसअघि नेपालमा भएको इपिजी बैठकमा भारतीय पक्षले सन्धि पुनरावलोकनका लागि तयार रहेको जानकारी दिँदै नेपालले के कस्तो संशोधन चाहेको हो प्रस्ताव ल्याउन आग्रह गरेको थियो ।

इपिजी गठन भएको झन्डै चार महिनापछि यसको पहिलो बैठक गत असारमा काठमाडौँमा बसेको थियो ।

इपिजीमा भारतको तर्फबाट सांसद भगतसिंह कोसियारी, पूर्व राजदूत जयन्तप्रसाद, प्राध्यापक बिसी उप्रेती र महेन्द्र पी लामा हुनुहन्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...