Sunday, October 30, 2016

पिडित न्याय प्रणालीका प्रवर्तक शंकर कुमार श्रेष्ठ (बिद्या वारिधि )संग डिसीमा लिइएको छोटो अन्तर्वार्ता भिडियो (श्रब्य दृश्य ) :

 

surjeet-5शंकर कुमार श्रेष्ठ (बिद्या वारिधि )लाई नेपालको न्याय तथा कानुनको क्षेत्रमा परिचय गराई रहनु नपर्ला l सन् २०३४ साल देखि नै कानुन व्यवसायीको हैसियतमा प्रारम्भ गरेको पेशागत यात्रा न्याय सेवामा शाखा अधिकृत ,न्यायाधिस ,सरकारी अधिवक्ता तथा पुनरावेदन अदालत मा समेत को अनुभव संगाल्दै २०५७ साल देखि सरकारी स्वैच्छिक अवकाश प्राप्त गरेका छन् l

राष्ट्रिय मानव अधिकार आयोग तथा कानुन व्यवसायीको हैसियतमा कार्यरत छन् l जापानको मितो स्थित तोकिवा बिश्व बिद्यालय बाट पिडित शास्त्र तथा पिडित सहायता “बिषयमा बिद्या वारिधि तथा नेपाल अधिराज्यको संबिधान ,२०४७ मा पिडित शास्त्रीय दृष्टि कोण खोजीमा शिर्षकमा समेत विद्यावारिधि हासिल गरेका छन् l

surjeet-3पिडित न्याय प्रणालीका प्रवर्तक मानिने श्रेष्ठको अंग्रेजी पुस्तक ,”ए स्टेप टु वार्ड्स भिक्टिम जस्टिस सिस्टम नेपलिज पर्स पेक्टिव “पुस्तकले सम्बन्धित अन्तर्राष्ट्रिय बौद्धिक समुदायमा उच्च मुल्यांकन प्राप्त गर्न सकेको छ l

वहा संग अन्तर्वार्ताको चाजो मिलाई दिने अमेरिका नेपाल सोसाइटी वाशिंगटन डिसी सामाजिक संस्थाका संचार संयोजक सुजित अर्याल प्रति ईनेप्लिज धन्यवाद दिन चाहन्छ l श्रेष्ठले अहिले सम्म २३ वटा कृति प्रकाशित भएका छन् भने उनको पुस्तक पिडित बिधि शास्त्र पुस्तक २०६६ को बर्षको उत्कृष्ट पुस्तक भएको उनले बताए l

surjeet-4

surjeet-2अमेरिकाको डिसी महानगर क्षेत्रमा संचालित इनेप्लिजले त्यस बिषय लगायत अन्य बिषयको सेरोफेरोमा गरेको छोटो अन्तर्वार्ता को भिडियो (श्रब्य दृश्य ) :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...