Saturday, October 8, 2016

पेट्रोल पम्पमा आगलागी

paधनगढी, २२ असोज । कैलालीको अत्तरिया नगरपालिकास्थित अम्बर आयल स्टोरमा आज बिहान आगलागी भएको छ ।

बा६७प५०२३ नंको मोटरसाइकलमा पेट्रोल भर्दै गर्दा अचानक लागेको आगो पम्पमा समेत सल्किएको थियो । पेट्रोल पम्प स्थानीय व्यापारी जयप्रकाश मोहपालको रहेको बुझिएको छ । बिहान ७ः३० बजे भएको आगलागीबाट मोटरसाइकलका साथै पेट्रोल पम्प जलेर क्षतिग्रस्त भएकोे इलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

जलेको मोटरसाइकल सोही ठाउँका टेक कुँवरको रहेको बताइएको छ । आगलागीबाट पुगेको क्षतिको यकिन विवरण आउन बाँकी छ । प्रहरी र धनगढी उपमहानगरपालिकाको दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...