Sunday, October 9, 2016

आज महाअष्टमी, कहाँ-कहाँ लाग्छ मेला ?

maha-aasthami-650x427काठमाडौं, २३ असोज । दसैंको आठौं दिन आइतबार देशभरका शक्तिपीठका साथै घरघरमा महाअष्टमी पर्व मनाइँदैछ । शक्तिपीठहरुमा निकै भिडभाड लागेको छ ।

शक्तिस्वरुपा महाकालीको पूजा गरी रातमा कालरात्रि गर्ने प्रचलन रहँदै आएको छ । आइतबार शक्तिपीठ र देवी मन्दिरमा नवदुर्गा भवानीको पूजा गरेर मनाइँदै छ । आजका दिन महाकाली र देवी भगवतीका मन्दिरमा भक्तजनहरुको बढी भीड लाग्ने गरेको छ ।

यो दिन नरदेवी, नक्साल भगवती, मैतीदेवी, गुह्येश्वरी, कालिकास्थान शोभा भगवती, भद्रकाली, दक्षीणकाली, बज्रबाराही, बज्रबाराही बंगलामूखि लगायतका शक्तिपीठमा बली दिने प्रचलन रहेको छ । यी शक्तिपीठहरुमा पूजा गर्नेहरुको भिड लागेको छ । गोरखाको गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, नेपालगञ्जको बागेश्वरी, चितवनको मौला कालिका, धादिङको त्रिपुरासुन्दरी लगायत देशैभरका शक्तिपीठमा भीड लागेको छ ।

शक्तिपीठहरुमा पुजाअर्चनाका साथै राँगा, बोका हाँस, कुखुरा र परेवा लगायत पशुपंक्षी पञ्चवली बलि दिने गरिन्छ । भत्तजनहरुले आ–आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन् । सात्विकहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, जस्ता फल अर्पण गर्ने गर्दछन् ।

महाअष्टमीका दिन शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदि देवीहरूको पूजाआजा गरिन्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...