गत अक्टोबर २९ तारिख मेरिल्याण्ड राज्यको टाउसन शहरमा नेपाल स्पोर्ट्स एण्ड कल्चर इन्टर्नेशनलले आयोजना गरेको गल्फ प्रतियोगिता सम्पन्न भएको छ l स्थापना कला देखि नै खेलकुद लाई मुख्य प्राथमिकता दिदै आएको संस्थाले निरन्तर रुपमा अमेरिकाका बिभिन्न राज्य तथा शहरमा बिभिन्न खेलकुद कार्यक्रम गर्दै आएको छ l
अमेरिकामा नेपालीहरु अन्य खेलको तुलनामा गल्फ कम खेल्ने भएकोले यसलाई अझ व्यापक बनाउन यस खेललाई प्राथमिकतामा पारेको संस्थाकि कोषाध्यक्ष केमिका भण्डारीले बताईन l र नेपाल स्पोर्ट्स एण्ड कल्चर इन्टर्नेशनलले बिगत पाँच महिना देखि गल्फ खेलकुद कार्यक्रम गराउदै अमेरिकामा जन्मिएका दोश्रो पुस्ताले अमेरिकन प्रतियोगिता सहभागी हुन् उनीहरुलाई अभिप्रेरित गर्ने उद्देस्यले आयोजना गरेको थप जानकारी भण्डारीले दिईन् l भण्डारीले अमेरिकामा बस्ने नेपालीहरुका लागि कहिले काही गल्फ खेल्न नेपाल जस्तो महँगो नपर्ने बताइन् l
मेरिल्याण्डमा भएको प्रतियोगितामा पर्ल रेग्मी प्रथम तथा क्रिस घिमिरे दोश्रा भएका छन् l यसै गरि उक्त प्रतियोगिता लामो दुरी फ्याक्ने (ड्राइभ )मा कमल न्यौपाने बिजयी भएका छन् भने प्वाल नजदिक (क्लोज टू पिन )पुर्याउनेमा उमेश केसी बिजयी भएका छन् l
प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की रहनुको साथै सहभागीता पनि जनाएका थिए l उद्घाटन बिशेष अतिथि महा बाणिज्य दुत प्रेम राजा महतले गरेका थिए l कार्यक्रममा सहभागी हुनेहरुमा यम पुन ,केम्निका भण्डारी ,मिलन राई ,प्रकाश नेपाल ,सीता पाण्डे ,अर्जुन कुमार कार्की ,पर्ल रेग्मी तथा क्रिस घिमिरे रहेका थिए l
संस्थाकी अध्यक्ष सीता पाण्डेले संस्थाको बारेमा प्रकाश पार्नुको साथै सहभागीलाई स्वागत गरेकी थिईन भने उपाध्यक्ष मिलन राईले धन्यबाद ज्ञापन राखेका थिए l कार्यक्रमको समन्वय केमिका भण्डारीले गरेकी थिइन् l
कार्यक्रममा बिजयी खेलाडी सबैलाई राजदुत कार्कीले पदक तथा प्रमाण पत्र बितरण गरेका थिए भने पदकको प्रयोजन क्रिस रियलटर ले गरेको थियो l गत बर्ष पनि क्रिस रियलटरले पदक को प्रयोजन गरेको थियो l
No comments:
Post a Comment