Saturday, October 1, 2016

एमाले मुस्ताङमा पुनः गौचन

मुस्ताङ, १६ असोज । नेकपा ९एमाले० मुस्ताङका अध्यक्षमा पुनः चन्द्रमोहन गौचन निर्वाचित हुनुभएको छ ।
सदरमुकाम जोमसोममा शनिबार सम्पन्न पार्टीको छैटौँ जिल्ला अधिवेशनबाट गौचन दोस्रो पटक अध्यक्षमा निर्वाचित हुनुभएको हो । त्रिचालिस सदस्यीय जिल्ला कमिटीका उपाध्यक्षमा देवबहादुर गुरुङ, सचिवमा आसबहादुर थकाली, सहसचिवमा आसमाया परियार चयन हुनुभएको छ ।

सदस्यमा नवीन भट्टचन, टसी स्याङ्मो गुरुङसेनी, तिलक विक, भूपेन्द्र शेरचन, छाङरिङ्जिन गुरुङ, हेमन्त शेरचन, रामप्रसाद विक, रत्न गोतामे, रत्न विक, दीपसागर थकाली, कुलबहादुर थकाली, विशाल शेरचन, तेजेन्द्र गौचन, नरप्रसाद हिराचन, दीपक लालचन, छेप्तेन गुरुङ, कुङ्गातेन्जिन गुरुङ, खाण्डो गुरुङ लगायत रहनुभएको छ । अधिवेशनले पार्टीको लेखा परिषद्का अध्यक्षमा मीमकुमारी शेरचन, उपाध्यक्षमा सुन्देवी रसाइली र सचिवमा आइतलाल थकालीलाई चयन गरेको छ ।

त्यस्तै जिल्ला निर्वाचन कमिटीका अध्यक्षमा शेरबहादुर गुरुङ, उपाध्यक्षमा सीमा नेपाली र सचिवमा बुद्धिसिंह नेपाली चयन भएको एमालेले जनाएको छ । अधिवेशनको समापन समारोहमा नवनिर्वाचित अध्यक्ष गौचनले एमालेलाई जिल्लामा पहिलो पार्टी बनाउन लागिपर्ने बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...