Tuesday, October 4, 2016

सहमतिका साथ अगाडि बढ्न मन्त्री भण्डारीको आग्रह

sankar-bhandariहेटौँडा, १८ असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा वनमन्त्री शङ्कर भण्डारीले प्रमुख राजनीतिक दलहरुले सत्तामा प्रतिस्पर्धा गर्नेभन्दा माथि उठेर वर्तमान संविधान कार्यान्वयनका लागि निर्वाचन गर्ने क्रममा आम सहमतिका साथ अगाडि बढ्न आग्रह गर्नुभयो ।

उहाँले नेपाली काँग्रेस मकवानपुरद्वारा बडादसैँको शुभकामना कार्यक्रममा आज बिहान सम्बोधन गर्दै मुलुकमा रहेका महिलाले पनि संविधानको कार्यान्वयन गर्ने क्रममा र वन सम्पदा जोगाउन अभियानलाई आआफ्नो दललाई दबाब दिनुपर्ने उल्लेख गर्दै जनतामा परेको समस्यालाई निकास दिन सरकारले छिट्टै नै स्थानीय निर्वाचन गराउन लागेको बताउनुभयो ।

मन्त्री भण्डारीले मुलुकमा वन तस्करको नियन्त्रण गर्ने र आगामी पाँच वर्षभित्र मुलुकमा काठ तथा दाउरा आपूर्ति गर्ने लक्ष्यका साथ सरकारले गुरुयोजना तयार गरी अघि बढेको स्पष्ट पार्नुभयो ।

सो कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य विरोध खतिवडा र सांसद इन्द्रबहादुर बानियाँले प्रमुख दलहरुको बीचमा समझदारीका साथ तराईका दलहरुबीच भएको असमझदारीको निकास दिन राष्ट्रिय अखण्डतालाई आँच नपुग्ने गरी संविधानको संशोधन गर्नेतर्फ सबै दललाई एकै साथ लिएर हिँड्नुपर्ने आग्रह गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...