Saturday, October 29, 2016

नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमको अधिवेशन नोभेम्वर २० मा हुँदै ।

nppfbelgium
एकिकृत जनक्रान्तिको कार्यदिशा मार्फत नेपालमा नवऔपनिवेशिक तथा दलाल पुंजीवादी सत्ताको अन्त्य गरी जनगणतान्त्रिक नेपालको स्थापना पछि मात्र स्वतन्त्र र समुन्नत नेपालको निर्माण सम्भव छ । स्वतन्त्र र समुन्नत नेपालको निर्माणवाट मात्रै नेपाली जनताको मुुक्ति हुनेछ र यससंगै नेपालीहरुको प्रवासिने क्रम पनि अन्त्य हुनेछ । त्यसैले नेपालमा जनगणतन्त्र स्थापनाको आन्दोलनलाई विगत १६ वर्षदेखि ऐक्यवद्धता जाहेर गर्दै आइरहेको नेपाली जन प्रगतिशील मोर्चा वेल्जियमको ११ औं अधिवेशन नोभेम्वर २० २०१६ का दिन वेल्जियमको एन्ट्वेर्पेन शहरमा हुन गइरहेको छ ।
प्रवासी नेपालीहरुको हक अधिकारका लागि गर्नुपर्ने संघर्ष, बेल्जियममा आइपुगेका नेपालीहरुको वैधानिकताको सवाल, वैधानिक भइसकेकाहरुले भोग्नु परेका विद्यमान समस्याहरुको गहन अध्ययन गरी सामाधानको लागि पहल गर्ने विषयलाइ निरन्तरता दिन पनि यो अधिवेशन महत्वपुर्ण हुने कुरा अधिवेशन आयोजक समितिका संयोजक मेख तमुले बताउनु भयो ।
नेपालमा एकिकृत जनक्रान्ति किन र कसरी लागु गर्न सकिन्छ भन्ने विषयमा व्यापक चर्चा गरिने उक्त अधिवेशनमा अतिथीको रुपमा उपस्थित भइदिन वेल्जियमस्थित नेपाली संघसंस्थाका अध्यक्ष्यहरु,पत्राकार मित्रहरु ल्गायत सवै नेपाली दाजु भाई तथा दिदीवहिनीहरुलाई अधिवेशनको खुल्ला सत्रमा उपस्थित भइदिनहुन संयाजक तमुले अनुरोध गर्नुभयो ।
‘स्वाधिन र समुन्नत नेपाल निर्माणको अभियानमा ऐक्यवद्धता जाहेर गरौं । सम्पुर्ण प्रवासी नेपालीहरु एकजुट बनौं ।’ भन्ने नारामा सम्पन्न हुन गइरहेको उक्त अधिवेशन निम्न स्थान र मिति र समयमा हुनेछ ।
मिति : २० नोभम्वर २०१६ आइतवार
स्थान : Langstraat-102, 2140 Borgerhout
समय : ठीक १३:०० बजे
नेपाली जनप्रगतिशील मोर्चा बेल्जियम

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...