Thursday, October 6, 2016

hillary_clinton

एसियन अमेरिकन एन्ड प्यासीफिक आइसल्यान्डर्स (एएपीआई) नामक सस्थाले एसियाली मुलका अमेरिकि नागरिकहरु लाई आगामी नोभेम्बरमा हुने रास्ट्रपतिय निर्बाचनका लाई “नेपाली फर हिलारी” नामक आफ्नो अभियान लाई तिब्र पारेको छ ।

डेमोक्रेटिक पार्टी बाट रास्ट्रपती का उम्मेदबार हिलारी क्लिन्टनको लोकप्रियता दिन प्रतिदिन बढदो अवस्था मा छ । गत हप्ता भएको उप रास्ट्रपतिय डिबेट मा ड्मोक्रेटिक पार्टी का टिम केनेले आफ्ना प्रत्यासी रीपुब्लिकन पार्टी का माईक पेन्सलाई नाजवाफ बनाए पस्चात डेमोक्राटिक पार्टी को पल्ला भारी भएको महसुस गर्न थालिएको छ । सीनेटर टीम केने भर्जीनिया राज्य का पुर्ब गभर्नर हुन । एसियन अमेरिकन भोटर्स सर्भेका अनुसार रास्ट्रपतिय निर्बाचनमा हिलारी क्लिन्टन ४१ प्रतिसतले डोनाल्ड ट्रम्ट भन्दा अगाडी रहेको देखाएको छ ।

यसै सिलसिला मा आगामी रास्ट्रपतिय निर्बाचन मा एसियन नेपाली हरु को ठुलो भूमिका हुने ठहर गरी एएपीआई ले नोभा कम्युनिटी कलेज, भर्जिनियामा शनिबार,८ ओक्टोबर का दिन ‘नेपाली फर हिलारी’ नामक कार्यक्र्म आयोजना गरेको छ । उक्त कार्यक्रम दिउसो को ११ बजे देखी ३ बजे सम्म सन्चालन हुने ब्यहोरा आयोजक एएपीआइ ले जनाएको छ ।

‘नेपाली फर हिलारी’ नामक उक्त कार्यक्रममा भर्जिनियाका गवर्नर टेरी म्याक आउलिफ , कांग्रेस म्यान कोनोली, कांग्रेस म्यान बेयर , कांग्रेस म्यान कमिंग्स, डीसी मेयर मारियो, हनोरेबल फिलिस रान्डेल, हनोरेबल टॉम प्रेज्, क्रिस लू तथा अन्य बिशिस्ट अतिथीहरु को सहभागिता हुने ब्यहोरा आयोजक एशियाई अमेरिकी तथा प्रशांत द्दिप बासी (एएपीआई) ले जनाएको छ । आयोजकले सम्पुर्ण नेपाली मुलका अमेरिकी हरु लाई उक्त कार्यक्रम मा सहभागी हुन आग्वान गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...