Friday, October 7, 2016

अब घiटीमा खाका मात्र हैन मस्तिस्कमा अमेरिकी राजनीति के हो भन्ने बुझम

img_3264
नेपाली अमेरिकन दाजुभाइलेअमेरिकनको झन्डा को केहि कुरा र कदर गरम कि ? . अमेरिकामा बसेर अमेरिकाको नुन खाएसि अमेरिकी राजनीति को बिषयमा केहि चासो राखम कि ? आउने अमेरिकन पिडिहरुको लागि के कस्ता समस्याको समाधान गर्ने छ अमेरिकन सरकार संग केहि सिक्षा हासिल गरम कि ? इन्सुरेन्स देखि , हस्पिटलको बिषयमा केहि ज्ञान प्राप्त गरम कि ? नया पिडिहरुको सिक्षा बिषयमा स्कुल सम्बन्धि केहि जानकारी प्राप्त गरम कि? एसियान महिला हरुको हक हित को बिषयमा केहि जानकारी हासिल गरम कि? नेपाली कल्चर र अमेरिकन कल्चर भिन्नता र मिश्रण को बारेमा केहि जानकारी प्राप्त गरम कि? भोलि को दिन हाम्रा अमेरिकन नानीहरूको भबिस्य कस्तो होला भन्ने अमेरिकन राजनीतिज्ञहरुबाट केहि उत्तर खोजम कि ?

img_3265हामीले धेरै खाका ओडाएर नेपाली भित्र को जात को राजनीति हेरिसकेम , विभिन्न पार्टीको छत्तi छुल्ल राजनीति हेरिसकेम , पैसा उठाएर चपक्क चपक्क चपाउने संस्था पनि हेरिसकेम. कहालीलाग्दो नेपाली भित्र किराले जन्मिएको राजनीति सबै हेर्दा हेर्दा वाक्क लागिसकेको हुनाले आउनुस नेपाली अमेरिकन , एसियन अमेरिकनलाई एक नया अबसर प्रदान गरिएको छ. भोटर रजिस्ट्रेशन को साथ साथै अमेरिकाको ठुला हस्ती हरुसंग जम्का भेट गर्ने सुनौलो मौका नगुमाउनु होला . अनि महिला वर्गलाई घरमा बसेर एक आपस को काने खुसि भन्दा पनि अमेरिकी राजनीति कस्तो हुन्छआहिदिनुहुन आव्हान गर्दछु . किन कि एसियन अमेरिकन महिलाको हक हित को के के प्रस्ताव राख्ने छन् त भन्ने जानकारी लिने अधिकार सबै नेपाली महिलाहरुमा छ .आउँदो सनिबार अक्टुबर ८ तारिख , समय : बिहान ११:०० बजेदेखि दिउसो ३:०० बजेसम्म स्थान: नोभा कमुनिटी कलेज , रिचार्ड अर्नेस्ट कमुनिटी कल्चर सेन्टरमा हुन गैरहेको छ . यस्मा सम्पूर्ण नेपालीहरुलाई “एएपीआई-भिक्ट्री फन्ड” र “नेपाली फर हिलारी” द्वारा आमसभामा सहभागी हुन खुल्ला आव्हानको सूचना राखिएको छ . यो सबै कार्य लाई सफल बनाउन खोज्ने एक सफल नेपाली अमेरिकी डेमोक्रेटिक पार्टी का कार्यकर्ता “हरि के शर्मा”र “अल नेपाली फर हिलारी” टिम लाई धन्यबाद ज्ञापनका साथ लगतै हात मा हातको साथ दिउ: खानपिनको पनि पूर्ण ब्यबस्था गरिएको छ :

अमेरिकी राजनीतिज्ञहरुको विवरण यसप्रकार छ :

1. गवर्नर टेरी म्याक आउलिफ ,

2. कांग्रेस म्यान कोनोली

3. कांग्रेस म्यान बेयर

4. कांग्रेस म्यान कमिंग्स,,

5. डीसी मेयर मारियो,

6. हनोरेबल फिलिस रान्डेल,

7. हनोरेबल टॉम प्रेज्,

8. क्रिस लूका साथ अरुअन्य बिशिस्ट अतिथीहरु साथमा हाम्रा नेपाली डेमोक्रेटिक पार्टीका हरि शर्मा र आयोजकले सम्पुर्ण नेपाली मुलका अमेरिकी हरु लाई उक्त कार्यक्रम मा सहभागी हुन आव्हान गरेको छ ।

img_3266

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...