सामाजिक सस्था एच डि एन पी इन्टरनेसनलको आयोजनामा टेक्सासमा रक्तदान कार्यक्रमको आयोजना हुने भएको छ। यहि आउदो डिसेम्बर ३ तारिकका दिन टेक्सासको आर्लिंगटन सिटीमा रहेको एच डि एन पी इन्टरनेसनलको कार्यालयमा सो कार्यक्रम हुने सस्थाले जानकारी गराएको छ।
यू एस खबर संग कुरा गर्दै सस्थाका प्रेसिडेन्ट देबी डेभिड आचार्यले भन्नु भयो- “रक्तदान नै जिबंदान हो। रगत अभाबका कारण कसैले पनि ज्यान गुमाउन नपरोस , रगतदान नै सबै भन्दा ठुलो पुण्यको काम हो , यसमा टेक्सासमा रहेका सम्पूर्ण नेपाली साथी भाइहरुले सहयोग गर्नु हुने छ भन्ने बिस्वास लिएको छु ।”
हामीले यो डिसेम्बर ३ तारिकका दिन करिब ५० जना नेपाली तथा गैर नेपालीहरुको उपस्थितिमा यो कार्यक्रम गर्ने लक्ष्य लिएका छौ , अहिले सम्म करिब ३०-३५ जनाले आफ्नो नाम दर्ता गराई सक्नु भएको छ र दर्ता गर्न भुल्नु भएकाले सोहि दिन रक्तदान कार्यक्रममा उपस्थिति भई रक्त दान गर्न सकिने आचार्यले बताउनु भएको छ ।
सन् २०१२मा अमेरिकी सरकारको गैर मुनाफा सामाजिक संस्थामा दर्ता भएको यस सस्थाले प्रत्येक ३ – ३ महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ भने प्रत्येक ३ महिनामा अमेरिकामा रहेका अशाहाय तथा घरबार बिहिनहरुलाई खान खुवाउने काम पनि गर्दै आइरहेको छ साथै असहाय ,दुखि ,घरबार बिहिनहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काममा पनि मदत गर्ने गरेको छ ।
त्यसै गरि सस्थाको नेपालमा रहेको शाखा मार्फत प्रत्येक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दछ l यसको साथै उनीहरुको स्वास्थ्य उपचार तथा लुगा फाटाहरु समेत उपलब्ध गराई रहेको छ ।
Date / Time
December 3,2016 Saturday
3100 W Arkansas Lane Arlington,Tx,76016
No comments:
Post a Comment