नेपालका विभिन्न क्षेत्रहरुमा आफ्ना सामाजिक अभियान चलाईरहेको गोर्खाली फाउन्डेसन नामक सामाहिक संस्थाको सहयोगार्थ मेरिल्याण्डमा हुन लागेको एक भब्य “लाइभ कन्सर्ट” का लागि नेपालका ख्यातिप्राप्त सांगीतिक समूह “मुक्ति एण्ड रिभाइवल व्याण्ड” आफ्ना सम्पुर्ण सांगीतिक टोली सहित हाल मेरिल्याण्ड आईपुगेका छन।
सम्पुर्ण मेरिल्याण्ड, डि. सी., भर्जिनिया तथा यस वरपर रहनुहुने संगितप्रेमी नेपालीहरुजनलाई आफू र आफ्ना परिवार साथीभाइ, छिमेकीहरु सहित, यहि नोभेम्बर महिनाको २५ तारिखका दिन मेरिल्याण्डको सिल्भर स्पिरिङको फिलमोरमा हुन गैइरहेको यो भब्य लाइभ कन्सर्टमा उपस्थित भई साथ र हौसला प्रदान गरि यस कार्यक्रमलाई अविस्मरणीय बनाउनका लागि आयोजक गोर्खाली फाउन्डेसनका साथीहरूले सबैमा अनुरोध गरिरहेको हामी सवैमा जानकारी गराउन चाहन्छौं ।
चर्चित गायक तथा गितारबादक मुक्ति शाक्य, सुनित कंशाकार, निखिल तुलाधर र रोशन कंशाकार लगायत सांगीतिक टोलीका साथीहरू पनि मेरिल्याण्डमा हुन गईरहेको आफ्नो पहिलो सांगीतिक प्रस्तुतिमा आफ्ना थुप्रै फ्यानहरुको उपस्थिति हुने र कार्यक्रम भब्य अनि अविस्मरणीय हुने कुराले ज्यादै उत्साहित रहेको बताएका छन। कार्यक्रममा नेपाली ब्लुज रक संगितका लागि ख्याति कमाएका एक मात्र नेपाली ब्याण्ड “मुक्ति एण्ड रिभाइवल” ले आफ्ना चर्चित गितहरु, के को साँचो डल्ली रेशम, नहेर मलाई, चौबन्दी चोलो, कलंकीको जाम सहित नयाँ र पुराना लोकप्रिय गितहरु प्रस्तुत गर्ने पनि बताएका छन। कार्यक्रमको शुरुआतमा स्थानीय सांगीतिक समूह Moksha Mantra and Snowmass ले पनि आफ्ना उत्कृष्ट प्रस्तुतिहरु गर्ने भएका छन्।
आउनुहोस् हामी सबै जाऔं, कार्यक्रमलाई भब्य बनाऔं।
थप जानकारीका लागि,
Mukti & Revival Live at the Fillmore..
http://ift.tt/g8FRpY
अनलाइन टिकट तथा थप जाककारीका लागि: http://ift.tt/2fsVNnz or http://ift.tt/2ghsOAF.
साभार- श्रीजन ताम्राकार, बाल्टिमोर
No comments:
Post a Comment