Tuesday, November 1, 2016

नेपाल संम्बत ११३७ को अवसरमा कोलोराडोमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

dsc_0219

अक्टोबर ३१, २०१३
कोलोराडो, अमेरीका

नेपाल संम्बत ११३७ उपलक्ष्यमा कोलोराडो निवासी नेवारी समुदायले आईतबार एक कार्यक्रम आयोजनागरि एक आपसमा भिंतुना आदान प्रदान गरेका छन् ।

dsc_0207
नेवा खःल कोलोराडोले आयोजना गरेको न्हूद“या भिन्तुना कार्यक्रममा सहभागी भई उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् ।

dsc_0199
नेपाली घरका निबर्तमान अध्यक्ष तथा समाजसवी नारायण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लङमन्ट हिमालयज लायन्स क्लबका अध्यक्ष जोशन श्रेष्ठ, संखुवासभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, किरा“तराई सोसाईटी अफ अमेरीका निबर्तमान अध्यक्ष चन्द्र राई, नेपाली घरका उपसभापती नातिबाबु भट्ट लगायतका ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।

dsc_0217
कार्यक्रमका प्रमुख अतिथी नारायण श्रेष्ठबाट पानसमा बत्ती बालेर उद्धाटन गरिएको कार्यक्रममा, उनको हातबाटै उपस्थित सबैले रातोटिका लगाई शुभकामना आदान प्रदान गरेका थिए ।

dsc_0195
कार्यक्रममा संखुवासभा समाजका सचिव हरिकुमार श्रेष्ठले उपस्थित सबैलाई स्वागत गरेका थिए भने बिश्वभक्त श्रेष्ठले कार्यक्रमको महत्ब र यसको ईतिहास कोट्याएका थिए । उनका अनुसार भक्तपुरका राजा राघब देवलाई उनका ज्योतीषले साईत जुराई काठमाण्डौं स्थित बिष्णुमतीको बालुवा लिएर आएमा सुनमा परिणत हुने सल्लाह दिए । सल्लाह अनुसार राजाले साईत जुराई बालुवा लिन पठाए । काठमाण्डांैमा ब्यापार गरी बसेका शंखधरले भक्तपुरका मानीसले काठमाण्डौ देखी बालुवा किन लग्दैछन् यसमा पक्कै केही रहस्य हुनुपर्दछ भन्ने सोचेर बालुवा बोक्ने भरियाहरुलाई त्यो बालुवा छोडेर अर्को बालुवा लिएर गए पैसा दिने बताए । पैसा पाउने भएपछि भरियाले बालुवा छोडेर गए नभन्दै ती सबै बालुवा सुनमा परिणत भयो । त्यही सुन बेची शंखधरले सबै नेपालीको श्रmृण तिरी दिई नेपाल संम्बत चलाए ।

dsc_0178
नेवा खःलका अध्यक्ष प्रेमकाजी श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई मोहन श्रेष्ठले संचालन गरेका थिए । कार्यक्रमको अन्तमा सभापती श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद दिदै नेवारी सांस्कृती जोगाईराख्न, तथा अमेरीकामा जन्मेहुर्केका बालबालिकाहरुलाई नेवारी सांकृती पहिचाहन गराउन कार्यक्रम आयोजना गरिएको बताए ।

dsc_0175 dsc_0171

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...