Saturday, November 12, 2016

राष्ट्रिय समस्या समाधान हुने गरी संविधान संशोधनः अध्यक्ष यादव

काठमाडौँ, २७ कार्तिक । सङ्घीय समाजवादी फोरम, नेपालका upandrayadabले मुलुकको राष्ट्रिय समस्या समाधान हुने गरी संविधान संशोधनको प्रस्ताव दर्ता गरिनुपर्ने बताउनुभएको छ ।

नेपाल संवत् ११३७ को अवसरमा सङ्घीय समाजवादी नेवाः सङ्घले आज यहाँ आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा अध्यक्ष यादवले आफूहरुको सहमति बेगर संशोधन दर्ता गरिए त्यसको प्रतिकार गरी सङ्घर्षमा जाने चेतावनी दिनुभयो ।

“अब, हुने संविधानको संशोधन मूलभूत राष्ट्रिय सवाल, सङ्घीयता, समावेशीता, पहिचान, स्वायत्तता र सुशासनसम्बन्धी सवाल हल गर्ने गरी संशोधन गरिनुपर्छ, चलाखीपूर्ण तरिकाले हाम्रा मुद्दालाई ओझेलमा पार्ने गरी संशोधन लगियो भने त्यसको कुनै अर्थ हुदैन र फेरी आन्दोलनमा उत्रनुको विकल्छ हुन्न,”–उहाँले भन्नुभयो ।

सङ्घीय गठबन्धनका संयोजकसमेत रहनुभएका अध्यक्ष यादवले सरकार गठनका बेला भएको त्रिपक्षीय सम्झौताअनुरुप संशोधन लैजानुको साटो सङ्घीय आयोगमार्फत विवादास्पद जिल्लाको टुङ्गो लगाउने भन्ने विषय सङ्घीयता समाप्त पार्ने षडयन्त्र हो भन्दै, त्यो कदापि मान्य नहुने स्पष्ट पार्नुभयो ।

समाजवादी फोरमकै सहअध्यक्ष राजेन्द्र श्रेष्ठले मुलुकको पहिचानको मूल आधार मानिने नेपाल संवत्लाई वैज्ञानिक मापदण्ड बनाएर प्रयोगमा ल्याइनुपर्नेमा जोड दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...