Wednesday, November 2, 2016

महजोडीले डीसीमा नया प्रस्तुति दिने ,महजोडीको नेपाली समुदायलाई चुल्हो निम्तो

mah-5नोवेम्बर २ ,अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापना भएको नेपा: पासा पुचः अमेरिकाये (एनपीपीए ) को रजत जयन्तिको बिशेष कार्यक्रममा प्रस्तुति दिन मह जोडी (मदन कृष्ण श्रेष्ठ तथा हरिबंश आचार्य ) डीसी आज आई पुगेका छन् l

एनपीपीए को निमन्त्रणालाई स्वीकार गर्दै कार्यक्रमको लागि मात्र बिशेष नया कार्यक्रम प्रस्तुति गर्ने जानकारी मह जोडीले वाशिंगटन डीसीको अन्तरराष्ट्रिय डलस बिमानस्थलमा दिए l हरि बंश आचार्यले सवालको जवाफमा एनपीपीए यो ठुलो सांस्कृतिक पर्व हो भन्दै सांस्कृतिक पर्वको लागि आफु आएका बताए l एनपीपीएले हामीलाई बोलाएर आफुलाई ठुलो सम्मान गरेको बताए l अमेरिकामा बस्ने नेपाली समुदायलाई सांस्कृतिक सद्भाव टक्र्याउने छौ भनि प्रतिबद्धता जनाए l

mah-1

विमानस्थलमा कुराकानी गर्दै आगामी नोवेम्बर ५ तारिख शनिबार मेरिल्याण्डमा हुने आफ्नो प्रस्तुतिमा डीसी महानगर वासी नेपाली समुदायलाई चुल्हो निम्तो दिएका छन् l विमानस्थल मै मह जोडी आएको थाहा पाएर अन्य शहर तथा राज्यमा अन्य समुदायले कार्यक्रमको लागि निमन्त्रणा तथा आग्रह आयो भने कस्तो प्रतिक्रिया हुन्छ भन्ने राखिएको सवालमा आफुहरु केवल डीसीको लागि मात्र आएको र अन्य ठाउँमा जान नसकिने बताए l

mah-8

नोवेम्बर १५ तारिकमा आफु फर्कनु पर्ने भएको बताउदै अहिले नसकिएता पनि अर्को साल तारतम्य मिलाएर सबै राज्यमा कार्यक्रम लिएर आउने बताए l मह जोडी को स्वगार्थ विमानस्थलमा संस्थापक अध्यक्ष राम मालाकार , संस्थाकी वर्तमान सभापति सरोज प्रजापति ,महासचिब मनोहर लाल श्रेष्ठ लगायत अन्य पदाधिकारीहरु पुगेका थिए l मह जोडीलाई माला लगाई अमेरिकामा स्वागत गरेका गरेका थिए भने सामुहिक तस्बिरहरु पनि लिइएको थियो l

mah-7 mah-9

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...