Wednesday, November 23, 2016

एउटा जिवन…

laxman

मृत्यु भन्दा एक पाईला अगाडी,
अस्ताउदो सुर्य नजिकै गएर,
देखीरहेछु मैले,
एउटा जिवन,
मसिनो क्षितिज रेखा जस्तै…

विशाल फैलिएको आकाश,
र खुम्चिएको धर्तिमा,
अनायासै,
शहर बाट,
लखेटियका पंक्षिहरू जस्तै…

कोलाहल माझ,
यत्र तत्र पेटीहरूमा,
मस्त निदाईरहेका,
एक हुल मनुष्यहरू जस्तै…

चकमन्न अन्धकार,
चम्किला चौबाटा र बाटाहरुमा,
खुशीले भौंतारिएका,
बेखुशीले घर फर्किएका,
वटुवाहरू जस्तै…

कटकटाउने जाडो,
तपतपाउने गर्मीहरूमा,
दानमा पाएर,
पेटभरी मिठो खाएका,
याचक जस्तै…

प्रेम र घृणामा,
सत्य र असत्यमा,
जिवन र मृत्युमा,
आकाश र धर्तिमा,
तँ र मँ मा,
जोखीरहेछु मैले,
एउटा जिवन……..

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...