Friday, November 25, 2016

सभ्यता र पहिचानको मेरुदण्ड हस्तकला

g]kfn x:tsnf dxf;+34f/f cfof]hLt !$ cf}+ k|ltof]uLtfTds x:tsnf k|b{zgLsf] pb3f6g ub}{ pk/fi6«klt gGbaxfb'/ k'g . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौँ, १० मङ्सिर । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान कार्यान्वयन मुलुकको साझा सङ्कल्प रहेको बताउनुभएको छ ।
उपराष्ट्रपति पुनले नेपाल हस्तकला महासङ्घको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा आज आयोजित १४औँ हस्तकला मेला र १२औँ हस्तकला प्रतियोगिताको शुभारम्भ गर्दै सो कुरा बताउनुभएको हो । उहाँले स्थानीय, प्रादेशिक र सङ्घीय निर्वाचन सम्पन्न गर्न एकता, सहमति र सहकार्यको आवश्यकता हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति पुनले आयात प्रतिस्थापनको विकल्पमा नवीन उत्पादन र परम्परागत वस्तुलाई सांस्कृतिक जगेर्ना गर्दै जनताको जीवनस्तरमा सुधार गर्न सकिने विकल्प हस्तकला उद्योग रहेको बताउनुभयो । मङ्सिर १४ गतेसम्म आयोजना हुने उक्त महोत्सवमा १७६ बिक्री कक्ष राखिएका छन् ।

मेलामा पस्मिना, ऊनी, फेल्ट, धातु, चाँदी, काठ, ढुङ्गा, माटो, छाला, नेपाली कागज, हाड, ढाका कपडा, बाँस, बेत, निगालो, खोस्टा, पराललगायत वस्तुबाट तयार गरिएका विभिन्न सामग्री बिक्रीका लागि प्रदर्शनीमा राखिएका छन् ।

नेपाल हस्तकला महासङ्घले आव २०७२÷७३ मा रु चार अर्ब ७६ करोड २४ लाख ६० हजार बराबरको हस्तकलाका सामग्री विश्वबजारमा बिक्री वितरण हुँदै आएको छ । महासङ्घका अध्यक्ष धर्मराज शाक्यले नेपालबाट अमेरिका, युरोप, बेलायत, जर्मनी, फ्रान्स, फिलिपिन्स, क्यानडा, कुबेत, जापान, चीन, भारतलगायत ६० भन्दा बढी देशमा अल्लो, बाँस, हाड, सेरामिक्स, सुर्ती, स्फटिक, ढाका, फेल्ट, सिसा, धूप, छाला, धातु, कागज, चाँदीजन्यलगायत सामग्री निर्यात भएको बताउनुभयो ।

समारोहमा उपराष्ट्रपति पुनले ‘मेडइन नेपाल’ स्मारिकाको विमोचन गर्नुभएको थियो । उहाँले आव २०७२÷७३ मा सबैभन्दा बढी हस्तकलाका वस्तु निर्यात गर्ने मिलनदेव भट्टराई, उरगेन लामा, सुरेन्द्रमान डङ्गोल, डा गाविन्द टन्डन, पद्मरत्न धाख्वा, कटक लामा, जिग्मी श्रेष्ठ, विनोद पोखरेल र बन्दना श्रेष्ठलाई कदरपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले हस्तकला उद्योगलाई सरकारले संरक्षण दिनुपर्ने बताउँदै यस उद्योगमा काम गर्ने दक्ष कालिगढ पलायन भइरहेकामा चिन्ता व्यक्त गर्नुभयो ।

उद्योग मन्त्रालयका सचिव शङ्करप्रसाद कोइरालाले हस्तकला उद्योग परम्परागत सीपमा आधारित सभ्यता र पहिचानको मेरुदण्ड रहेको बताउनुभयो । हस्तकला उद्योगमा करिब १३ लाख जनशक्ति परिचालन भएको बताइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...