Tuesday, November 8, 2016

चर्चित जादुगर तथा हास्यकलाकार महादेव त्रिपाठी अमेरिकामा हुने ग्लोबल नेपालि फिल्म अवार्डमा सहभागी हुँदै

14963254_1717947848525611_2649550259482399850_n

काठमाडौँ : हास्यब्यंग तथा नेपालका एक मात्र जादुगर भनेर चिनिने तथा जोकर चलचित्रका निर्देशक तथा नायक महादेव त्रिपाठी प्राय पछिल्लो समय ब्यस्त कलाकारको रुपमा गनिन्छन l उनै चर्चित कलाकार महादेव त्रिपाठी अहिले अमेरिकामा हुन लागेको ‘ग्लोबल नेपाली फिल्म अवार्ड –२०१६’ मा सहभागी हुन अमेरिका जाने भएका छन् । नोभेम्बर १२ तारिखको दिन अमेरिकाको कोलोराडो शहरमा आयोजना हुने उक्त अवार्ड कार्यक्रममा बहु प्रतिभाशाली कलाकार आफ्नो प्रस्तुति दिन तथा अवार्ड कार्यक्रममा भाग लिन अमेरिका जान लागेका हुन l देश भित्र तथा देश बाहिर विभिन्न मुलुकमा गएर आफ्नो प्रतिभा प्रस्तुत गरि सबैको मन जित्न सफल हास्य कलाकार तथा जादुगर महादेव त्रिपाठी अमेरिका भने पहिलो पटक जादैछन l
प्राय अमेरिका पुगेर धेरै कलाकारहरु अमेरिकामा नै पलायन भईरहेको स्थितिमा उनि भन्छन म अरु जस्तो पलायन हुने कलाकार भित्रमा पर्दिन मेहनतका साथ् काम गर्न सक्यो भने नेपालमानै बसेर धेरै अवसरहरु सिर्जना गर्न सकिन्छ l आफ्नो देशको इज्जत प्रतिष्ठालाइ कायम गर्दै आफ्नो प्रस्तुति अमेरिकामा देखाएर आफु नेपालनै फर्केर आफ्नो जन्म भुमिमानै कलाकारितामा जम्ने उनि बताउछन l

नेपाल फिल्म सोसाइटी, अमेरिका नेपाल टेलिभिजन र बिआरटी नेपाल डटकमले संयुक्त रुपमा आयोजना गर्न लागेको यो अवार्ड जम्मा आठ विधामा बाडिने छ । उत्कृष्ट फिल्म, उत्कृष्ट नायक तथा नायिका, सहयोगी नायक तथा नायिका, बर्ष हास्य कलाकार, निर्देशक, लाइफटाइम एचिभमेन्ट जस्ता विधा रहेको अवार्डमा अन्य केही विधा पनि थप हुन सक्ने कुरा आयोजक समितिको छ ।शिव श्रेष्ठ, कृष्ण मल्ल, नीर शाह, सुनिल थापा, शर्मिला मल्ल, बसुन्धरा भुषाल, शम्भुजित बाँस्कोटा, राजकुमार राई, सुदर्शन थापा, पुजा शर्मा, प्रदिप उदय, लगायतका विशिष्ट व्यक्ति सहभागी हुने अवार्डमा आफू पनि जान पाउदा खुसी लागेको चर्चित हास्यकलाकार तथा जादुगर महादेव त्रिपाठी बताएका छन ।अन्त्यमा आफुलाई उक्त कार्यक्रममा सहभागी जनाउन अवसर प्रदान गरेकोमा नबराज श्रेष्ठ र मधु कुमार श्रेष्ठ लाइ धन्यबाद समेत दिए l

123 11017546_1376098982710501_8075662043660103101_n

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...