Sunday, November 6, 2016

अमेरिकामा कार दुर्घटनामा चार नेपालीको मृत्यु र दुई घाइते

car-accident

अमेरिकाको जर्जिया राज्यको एटलान्टाको ग्रामिण क्षेत्र जेफर्सन काउन्टीमा भएको भिषण कार दुर्घटना परि गत शुक्रबार नोवेम्बर ४ तारिख घटनास्थल मै चार जना नेपालीको दुखद निधन भएको खबर छ l

उक्त कारमा सवारी ६ जना मध्ये २ जनाको स्थानीय अस्पतालमा उपचार भै रहेको जानकारी जर्जिया जेफर्सन काउन्टीका मृत्यु समीक्षकले दिएका छन् l पारिवारिक सुत्र अनुसार उक्त दुर्घटना परि निधन हुनेहरुमा गुल्मी घर भई हाल काठमान्डौ अनामनगर बस्नु हुने चिरन्जीबी खनाल ,वहाकि की पत्नी तथा दुई बुहारीको घटनास्थल मै मृत्यु भएको खबर छ l पछाडी बस्ने चार जना सबै जनाको मृत्यु भएको बुझिएको छ l गाडीको अगाडी बस्ने सवार हुने समिर खनाल तथा सुबाश खनाल घाइते भएका छन् तर खतरा मुक्त भएको जानकारी प्राप्त भएको छ l

गाडीको पछाडी बस्ने पिता चिरन्जीवी खनाल तथा वहाकी धर्म पत्नी श्यामा खनाल ,बुहारी रिचा खनाल पन्त तथा समिरकि प्रेमिकाको मृत्यु भएको छ l मृत्यु हुने उक्त परिवारले यस बर्षको तिहार भर्जिनियामा मनाएको कुरा भर्जिनियामा बसोबास गर्ने आफन्तले बताएका छन् l लक्ष्मी पूजाको दिन आफु संग बिताएको जानकारी नाम उल्लेख नगर्न आग्रह गर्दै उक्त जानकारी दिएका हुन् l उनले प्रहरीको सम्पूर्ण बिबरण आए पछि अन्य थप जानकारी दिने बताए l

निसान अल्टिमा नामक कारमा सवार गरि रहेका उक्त गाडी दुर्घटना करिब शुक्रबार राति ९ बजे घट्न पुगेको हो भने २९६ नामक जर्जिया राजमार्ग को उत्तर तर्फ गइ रहेको अवस्थामा ८८ राजमार्गमा रोक्नु पर्ने स्थानमा भीमकाय १८ पाङ्ग्रे ठुलो माल बाहक गाडी संग ठोकिन पुगेको थियो l

प्रत्यक्षदर्सी अनुसार अचानक कार देख्दा बचाउने कोसिस गर्दा गर्दै घटना देखेको बताएका छन् l माल बाहक (ट्रक )चालक त्यहि स्थानीय स्यानडर्सभिलको टेनीमा संचालित प्रतिष्ठानमा काम गर्छन भने उनलाई सामान्य चोट लागेको छ l दुर्घटना ८८ राजमार्ग तथा २९६ राजमार्गको बीचमा भएको हो l

मृत शरीरलाई एटलान्टाको अपराध प्रयोगशालामा राखिएको छ भने दुर्घटनाको कारण मध्यपान हो कि हैन भन्ने अहिले सम्म पुष्टि नभएको प्रहरीले जनाएको छ l  पारिवारिक श्रोत अनुसार मृतक चिरन्जीबी खनाल नेपालमा सरकारी जागिर को निवृतिभरण प्राप्त गरि अमेरिका घुम्न आएका बुझिएको छ l

यस सम्बन्धि श्रब्य दृश्य को साथै अन्य बिदेशी समाचारका धर्साहरु :

http://ift.tt/2fs9ALT

http://ift.tt/2feOzBe

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...