Sunday, November 6, 2016

उपचारका लागि दश करोडको ‘सङ्कल्प अभियान’

moneyसुरुङ्गा (झापा), २१ कात्तिक । झापाको बिर्तामोड नगरपालिका–१ स्थित चारपानेमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आर्थिक विपन्नता भएका परिवारको उपचारका लागि रु १० करोडको सङ्कल्प अभियान सञ्चालनमा ल्याउने भएको छ ।

गरिब तथा विपन्न परिवारका व्यक्तिलाई कुनै पनि रोगबाट बचाउन उनीहरुको उपचारका लागि झापा जिल्लास्तरीय रु १० करोडको कोष खडा गर्नेगरी ‘सङ्कल्प अभियान’को शनिबार यहाँ घोषणा गरिएको हो । समर्पण राष्ट्रिय अभियान सम्पन्न गरिसकेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले पुनः आफ्नै अगुवाइमा ‘सङ्कल्प अभियान’ घोषणा गरेको हो ।

सहारा मुख्य आयोजक रहेर झापाका ६८ सामाजिक संस्थाको साझेदारीमा समर्पण अभियान सफल बनाइएको थियो । सोही अभियानको निरन्तरताका रुपमा नयाँ सोचका साथ सङ्कल्प अभियान सुरु गर्न लागिएको सहारा नेपाल साकोसका सचिव तथा प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले घोषणा समारोहमा बताउनुभयो ।

“अहिले गरिब तथा विपन्न व्यक्तिलाई स्वास्थ्य सेवा महँगो भएको छ” –गिरीले भन्नुभयो– “ ठूला प्रकारका रोगहरु लागेमा चन्दा सङ्कलन गर्ने उपचार गर्नुपर्ने बाध्यता छ । अतः त्यस्ता मानिसलाई अकाल मृत्युबाट बचाउन र उपचारमा सहयोग पु¥याउने उद्देश्यले रु १० करोड को झापा जिल्लास्तरीय कोषका लागि रकम सङ्कलन गरी सङ्कल्प अभियान सञ्चालन गरिनेछ ।”

उक्त कार्यका लागि सहारा नेपाल साकोसले रु एक करोड जम्मा गर्ने घोषणा गरेको छ । अन्य रकम इच्छुक सामाजिक व्यक्ति, सङ्घसंस्था, स्थानीय निकाय र अस्पतालबाट जुटाइने गिरीको भनाइ छ ।
पछिल्लो समय गाविस र नगरपालिकाले उपचारका लागि गरिब परिवारका मानिसलाई सिफारिस र सहयोग गर्दै आएको अवस्थामा अब आम झापावासीको साझा कोषका रुपमा सङ्कल्प अभियानमार्फत खडा गरिने कोषबाट त्यस्ता व्यक्तिलाई सहयोग गरिने बताइएको छ ।
पछिल्लो समय डेङ्गु ज्वरोको सङ्क्रमण बढेको बेला त्यस्ता रोगीलाई आवश्यक पर्ने ‘प्लेट लेस’ तत्व यहाँ उपलब्ध नहुँदा उपचारका लागि विराटनगर धरान पुग्नुपर्ने बाध्यता छ । अब बिर्तामोड मै उक्त मेसिनबाट ‘प्लेट लेस’ निकाल्न थालेसँगै डेङ्गु ज्वरोको उपचार यही सम्भव हुने बताइएको छ । डेङ्गु ज्वरो पीडित बिरामीलाई रगतको ‘प्लेट लेस’ तत्व दिनुपर्ने हुन्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...