काठमाडौं, ७ मंसिर । अमेरिकाको पाँचौं पिढीको लडाकू विमान एफ–३५ लाइटनिंग युद्धक अभियानहरुका लागि तयार भएको छ । यसको घोषणा सोमबार अमेरिकी रक्षा विभागले गरेको छ । यसलाई विश्वकै अहिलेसम्मकै सबैभन्दा अत्याधुनिक लडाकू विमान मानिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एफ–३५ विश्व इतिहासको सबैभन्दा महंगो हतियार हो । यो फाइटर प्लेनलाई विकसित गर्नका लागि अमेरिकी रक्षा विभागले ४ सय बिलियन डलर खर्च गरेको छ ।
यो विमानलाई विकसित गर्नमा पेन्टागनलाई १५ वर्षभन्दा बढी समय लागेको छ । यस क्रममा यो सिरिजका कैयौ लडाकू विमान विकसित गरिएका थिए । एफ–३५ विमान एक सीट र एक इञ्जन भएको अत्याधुनिक विमान हो । यो विमानले जमिन हमला, टोह लेन, निगरानी र वायु सुरक्षा अभियानजस्ता धेरै काममा कुनै पनि मौसममा हमला गर्नसक्छ । यो विमानको निर्माणको अमेरिकी कम्पनी लाकहिड मार्टिनले गरिरहेको छ । अमेरिका यसका अलावा एफ–३५ बी र एफ–३५ सी पनि विकसित गरिरहेको छ ।
No comments:
Post a Comment