Friday, November 25, 2016

ठडिने भयो मुर्ती गजुर, सानो सहयोगको अपेक्षा है हजुर !

unnamed

लस एन्जलस, अमेरिका ।
ग्रेटर लस एन्जलसमा भगवान पशुपतिनाथ तथा बुद्ध मन्दिर निर्माणमा अहोरात्र खटेको श्रीपशुपतिनाथ फाउन्डेशनको मन्दिर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । श्रीपशुपतिनाथ तथा बुद्द मुर्ती लयात हिन्दू एवम बुद्ध सम्बन्धित मुर्तीहरु आईसकेर मन्दिरमै भन्डारण भईसकेको अवस्था छ । यो अवस्थामा हामी अहिले नजुटे कहिले जुट्ने ? पुराणताक वाचनप्रविण पन्डित दीनबन्धु पोखरेलज्यूले ‘अहिले दान नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्ने ?’ भन्ने मन्त्र प्रतिपादन गरेर महाअभियान शुरुभए जस्तै त्यही नारालाई हामीले गरेको भन्ने प्रचार गरेर हामी ठुलो हुँदैंछौं ।
निर्माणका लागि सवै सु-कार्यहरु शुरुवात भईसकेको अवस्थामा निर्माण खर्च पुर्तीका लागि रकम अभावका कारण Gofund Account शुरु गरिएको जानकारी फाउन्डेशनका सचिव रामेश्वर भन्डारीबाट प्राप्त भएको छ ।
हुन त पशुपतीनाथ फाउण्डेशनको पदाधिकारी भएर बाणिज्यदुत, पर्यटनदुत र सिटी कमिश्नारको पद र पदवी पाईन्छ भनेर कोही लागेको होईन । र, पवित्र मन्दिरको शरणमा परेर पद उपलब्ध भएको पनि होईन । त्यो मन्दिर निर्माणको लागि ग्रेटर लस एन्जलसमा रहने सम्पूर्ण नेपालीको उत्तिकै सहयोग छ । बढी र कमको हिसाब कदापी नगरौं । कसले पादे, कसले दिशाच्छेदनका खातिर चौतारीका डिलमा बसे, यि यावत वाहियात भिडियो नहालौं, कृपया । समाज बनाउने हो भने रिस, राग र ईर्श्या तोडौं । हामी बढ्ने अगाडी हो, आची गर्न पछाडी फर्कने होइन ।
मन्दिर निर्माणको नारा, हाम्रो पारा र प्रचारको ईशाराले गुज्रिएको हाम्रो मानसिकताबाट गुज्रिने दुस्प्रयास नगरौं । आउनुहोस्, अघी बढौं । कसले नारा बनायो, कसले प्रचार गर्‍यो, मिडिया प्रमुख को भयो, ? ठुला कुरा भएनन । आउनुस्, अघी बढौं, GoFund Account मा सकेको सहयोग गरौं ।
जय पशुपतिनाथ !
जय बुद्ध !!
जय सहयोग !!!

श्रीपशुपतीनाथ फाउन्डेशनको GofunD Account मा सहयोग गर्नको लागि सहयोग गर्न तलको लिन्क्मा क्लिक गर्नुहोला, कृपया : http://ift.tt/1h50UYmdonate-for-pashupatinath

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...