Monday, November 21, 2016

आफ्नो स्वर्गीय बुवाको सम्झनामा पोल्यान्ड एन आर एन ए अध्यक्ष् सुवेदीले पानी अभियानलाई सहयोग गर्ने

15181514_1393508874000851_1414494870360025235_n

आफ्नो स्वर्गीय पूजनीय बुवा श्री कृष्ण श्याम सुबेदीको तिथिको सम्झना पारेर पानी अभियानलाई उहाँको स्वर्गीय आत्माले शान्ती पाओस् भन्दै गैर आवासीय नेपाली संघ ( एन आर एन ए ) पोल्यान्डका अध्यक्ष डा श्री बोध राज सुवेदीले रु ३० हजार सहयोग गर्ने घोषणा गर्नु भएको छ । आफ्ना स्वर्गीय पिताजिले जीवनकालमा पानीले तिर्खाएकाहरुलाई पानी दिनु छोरा छोरीको धर्म हो भन्ने सस्मरण गराउनु हुँदै स्वर्गीय पिताजीको नाममा हरेक वर्ष उहाँकै तिथि पारेर तीन वर्ष लगातार रु १० हजार पानी अभियानलाई सहयोग गर्ने जानकारी दिनु भएको छ । यस कार्यमा सहयोग गर्ने उहाँकी धर्मपत्नी एन आर एन आइ सी सी सदस्य एवम जन सम्पर्क समिती पोल्यान्डकी अध्यक्ष डा श्रीमती अलिनी पोखरेल सुवेदी प्रति पनि पानी अभियान कर्ता मित्रलाल पार्देद्दारा आभार प्रकट गरिएको छ । त्यसो त डा बोध राज सुवेदीले हरेक कार्यक्रममा पानी अभियानलाई सफल पारौ भनेर अनुरोध पनि गरिरहनु भएको छ र पानी अभियानलाई शुभकामना सन्देश पनि धेरै अगाडि बिभिन्न मिडिया मार्फत प्रेषित गरिसक्नु भएको थियो । उहा भन्नु हुन्छ “पानी जस्तो अत्यन्त महत्वपूर्ण अभियानमा आफ्नै बुवाको नाममा साथ दिन पाउदा आफुलाई गर्व लागेको छ । यो अभियान कुनै एक ठाउँ एक देशको मात्र नै भएर विश्व भरकै अभियान हो । यो अभियानको नारा सफल पार्न सकियो भने पुरै देशको अनुहारमा परिवर्तन आउछ । एक्कासौ शताब्दीमा हरेक नेपालीले शुद्द पिउने पानी पाउनु पर्छ । विश्वको दोश्रो जलश्रोतको देश धनी नेपालका कुनै पनि गाउँ सुखा हुनु हुँदैन । हरेक गाउँमा सिँचाइ हुनु आवश्यक पनि छ । “

स्मरण रहोस् हरेक घरमा धारो ,हरेक गाउँमा सिँचाइ नारालाई सफल पार्न जीवन समर्पित हुने घोषणा अभियान कर्ता मित्र लाल पार्देले फेसबूक मार्फत गरिसक्नु भएको छ ।

15073344_1393508907334181_3686708160780150098_n

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...