Monday, November 28, 2016

बालिका बलात्कार गरेको आरोपमा जेल चलान

गौशाला, १४ मङ्सिर । करिब एक महिना अगाडि एक चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले एक युवकलाई पुर्पक्षका लागि जेल चलान गरेको छ ।

गौशाला नगरपालिका– २ बस्ने १८ वर्षीय कुमार भुजेलले बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखिएको स्थानीय इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताउनुभएको छ ।

गत कात्तिक १६ गते साँझ घर नजिकै खेलिरहेकी बालिकालाई घर नजिकैको ऊखुबारीमा लगेर बलात्कार गरेको आरोपमा १७ गते पक्राउ परेका अभियुक्त बिरुद्ध प्रहरीले जबरजस्ती करणी मुद्दा दायर गरेकामा उक्त अदालतले पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...