Thursday, November 24, 2016

महिला हिंसाविरुद्धको सोह्रदिने अभियान शुक्रबारदेखि

काठमाडौँ, ९ मङ्सिर । ‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्कि हिंसारहित समाज’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान–२०१६ शुक्रबारदेखि सुरु हँदैछ ।
राष्ट्रिय महिला आयोगले आज यहाँ गरेको पत्रकार सम्मेलनमा गरी आयोगका कावा अध्यक्ष भवानी घिमिरेले घर घरमा भइरहेको महिला हिंसाविरुद्ध जागरण गराउने उद्देश्यले देशैभर अभियान सञ्चालन गरिने जानकारी दिनुभयो ।
प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० (मङ्सिर १० देखि २५तिर) सम्म मनाइने सो दिवसका अवसरमा महिला, बालिबालिका तथा समाजकल्याण मन्त्रालय सहित विभिन्न गैरसरकारी संस्थाको उपस्थितिमा थुप्रै कार्यक्रम गरिने छ । सो अनुसार हाजिरीजवाफ, किशोरकिशोरीलाई अभिमुखीकरण, महिलाका विषयमा भएका कानुनका विषयमा जानकारी, महिला हिंसाविरुद्धका नाटक आदि प्रस्तुत गरिने छन् ।
लैङ्गिक हिंसा अन्त्यको प्रयासस्वरुप सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोबल लिडरसिपको सहयोगमा २० देशका २३ उत्साहित महिलाको समूहले लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको सुरुआत गरी विश्वलाई अभियानमा जुट्न आह्वान गरेको थियो ।
हरेक वर्ष अङ्ग्रेजी महिनाको नोभेम्बर २५(महिला विरुद्धको अन्तराष्ट्रिय दिवस)बाट सुरु गरी डिसेम्बर १० (अन्तर्राष्ट्रिय मानवअधिकार दिवस) सम्म अभियान सञ्चालन गरिन्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...