गत हप्ता शुक्रवार भएको दुखदाई कार दुर्घटना मा निधन भएका चार नेपालीहरूको आज जर्जिया राज्यको डेकाटोर सहरमा हिन्दु परम्परा अनुसार दाह संस्कार सम्पन्न भयो l
एस टर्नेर एन्ड सन्स, डेकाटोरमा आयोजित अन्त्येष्टि कार्यक्रममा निधन भएका चिरन्जीवी खनाल, श्यामा खनाल र रिचा पन्त खनालको शवमा जेष्ठ सुपुत्र समिर खनालले दाग वत्ती दिएका थिए l त्यस्तै उक्त दुर्घटनामा निधन भएकी प्रतिमा सुवेदीलाई दाजु प्रतीक सुवेदीले दाग वत्ति दिएको जानकारी भर्जिनियाका उनका नातेदार तथा समाज सेवी सुनिल मणि दाहालले जर्जिया बाट बताए l
खनाल परिवारका कान्छा छोरा सुवास खनालको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको र उनी उपचारका क्रममा अगस्ता अस्पतालमा रहेको पारिवारिक सुत्रले वतायो l
उक्त अन्त्येष्टि कार्यक्रममा खनाल तथा सुवेदी परिवारका आफन्तहरूले निधन भएकाहरूका वारेमा स्मरण का आफ्ना भनाईहरू प्रस्तुत गरे l
अन्त्येष्टि कार्यक्रममा सहभागिता जनाई श्रद्धान्जली दिन जर्जिया, भर्जिनिया, सिकागो, क्यालीफोर्नीया लगायत अन्य राज्यहरू वाट आफन्तजन र साथीभाई हरूको उल्लेखनीय उपस्थिति थियो l
यस दुखद घडिमा निधन भएकाहरू प्रति हार्दिक समवेदना दिदै घाईते समिर खनाल र सुवास खनालको शीघ्र लाभको कामना गरियो! त्यस्तै यस विपतीमा भोक प्यास नभनी खटने जर्जिया ईनिभर्सिटि स्थित नेपाली विद्यार्थी समूह तथा सहयोग र सहानुभूति दर्शाउनु हुने सम्पूर्ण नेपाली समुदायहरूलाई धन्यवाद ज्ञापन गरियो l
तस्बिर सौजन्य :सुनिल मणि दाहाल
No comments:
Post a Comment