Wednesday, November 2, 2016

म्यानमारमा जिका भाइरसविरुद्ध सतर्कता

img_4723

याङ्गोन, १७ कात्तिक । म्यानमारले जिका भाइरसविरुद्ध सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ । म्यानमारको पुरानो राजधानी सहर याङ्गोनमा जिकाको एक विरामी भेटेपछि सो विरुद्धमा उच्च सतर्कता अपनाएको जनाइएको छ । एकजना ३२ वर्षीय विदेशीलाई सो भाइरसले छोएको पाइएको समाचारमा जनाइएको छ । सो संक्रमण लामखुट्टेको टोकाईबाट लाग्ने गर्दछ । यसबाट गर्भवती महिलालाई विशेष रुपमा सतर्क रहन बढी आग्रह गरिएको छ । यस्तो संक्रमणबाट ती महिलाको शिशुमा पनि सर्ने चिकित्सकको भनाई छ । लामखुट्टेको यस किटाणुबाट बच्नका लागि सतर्कता अपनाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको समाचारमा जनाइएको छ । जिका भाइरसको संक्रमण भेटिएको म्यानमार एसियाको तेस्रो देश हो । यो भाइरस अत्यन्तै खतरनाक भएकोले विभिन्न देशले यसको निवारणका लागि सतर्कता अपनाउने गरेका छन् । – सिन्ह्वा

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...