Friday, November 25, 2016

महिला हिंसा न्यूनीकरणसम्बन्धी अभिमुखीकरण

कैलाली, १० मङ्सिर । महिला हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आज पहिलो दिन धनगढीमा इलेक्ट्रिक रिक्सा चालकलाई ‘महिला हिंसा न्यूनीकरण’ बिषयक अभिमुखीकरण कार्यक्रम आयोजना गरियो ।

जिल्ला कानुनी सहायता समिति र सामुदायिक सहायता कानुनी केन्द्रद्वारा संयुक्त रुपमा आयोजित उक्त अभिमुखीकरण कार्यक्रममा महिला हिंसा न्यूनीकरणमा इलेक्ट्रिक रिक्सा चालकले प-याउनु पर्ने योगदानका विविध पक्ष प्रशिक्षण दिएको थियो ।

सो अवसरमा महान्यायाधीवक्ता कार्यालयका सह–न्यायधिवक्ता कृष्ण विसीले महिला हिंसा न्यूनीकरणका लागि समाजका सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।

जिल्ला कानुनी सहायता समितिका संयोजक तथा जिल्ला न्यायाधीवक्ता लक्ष्मण उपाध्याय घिमिरेले रिक्सा चालक घरघरमा यात्रुलाई पु¥याउने भएकाले महिला हिंसा न्यूनीकरणमा उनीहरुको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

महिला हिंसाप्रति समाजलाई सचेत पार्न “घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैङ्गीक हिंसारहित समाज” लेखिएको ब्यानर झन्डै एक सय १० वटा इलेक्ट्रिक रिक्सामा झुन्ड्याइएको छ ।

महिला तथा बालबालिका कार्यालय कैलालीकी महिला विकास अधिकृत पूजा काफ्लेले हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० सम्म मनाइने यो दिवसका अवसरमा महिला हिंसा न्यूनीकरणसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरिरहेको जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...