Wednesday, November 23, 2016

बलिउडमा अभिनेत्रीहरूलाई पनि हुन्छ यस्तो व्यवहार

neha-dhupiya-a

मुम्बई । के अभिनेत्री अर्थात नायिकालाई काम कम मात्रै पाइन्छ र नायकको कुनै निश्चित मिति (एक्सपायर डेट) हुँदैन ? यस विषयमा अभिनेत्री धुपिया काफीले सोलोढोलो उत्तर दिइरहेकी थिइन् । तर उनकै साथमा बसेका अभिनेता रणवीर शौरीले त्यसलाई पुष्टि गरेका छन् । उनले भने, ‘यस्तो विभेद हाम्रो व्यापारमा मात्रै होइन हरेक क्षेत्रमा महिलालाई मौन रुपमा दोस्रो दर्जामा राख्ने गरिन्छ ।’ यस विषयमा कुराकानी हुँदा आफूलाई खुसी लागेपनि पुरुषप्रधान समाजमा महिलालाई बराबरीको अवस्थामा ल्याउन धेरै संघर्ष गर्नुपर्ने उनको भनाई थियो ।

अभिनेत्री नेहा धुपियाले पहिलेको तुलनामा महिलाप्रधान चलचित्रहरु प्नि बढ्दै गएको उल्लेख गरिन् । उनले माधुरी, श्रीदेवी, काजोलजस्ता नायिकाहरु अझैपनि फिल्म क्षेत्रमा नै सक्रिय रहेको उदाहरण समेत दिएकी थिइन् । रणवीर शौरीले पनि यसलाई स्वीकार गर्दै काजोललाई अहिले पनि ९० को दशकमा जस्तै काम मिलिरहेकोमा भने प्रश्न गरेका थिए । अहिले पनि शाहरुख, सलमान, आमिर या अक्षयकुमार र रजनिकान्त जस्ता नायकहरुले अहिले पनि वर्षमा २ देखि ३ वटा सम्म फिल्ममा काम गरिरहेको उनको भनाई थियो । – एजेन्सी

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...