Thursday, November 10, 2016

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संसारकै नराम्रो सूचीमा पर्यो

bimanकाठमाडौं, २५ कात्तिक । नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संसारकै खराब सूचीमा परेको छ ।

द गाइड टु स्लिपिङ इन एयरपोर्टस्ले सार्वजनिक गरेको रिपोर्टमा विश्वका हजारौं मानिससँग जोडिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संसारका सबैभन्दा नराम्रा एयरपोर्टको सूचीमा परेको हो ।

फितलो व्यवस्थापन, कर्मचारीबाटै यात्रुको लगेज चोरी, सुरक्षा लगायतका विषयलाई हेरेर निकालिएको रिपोर्टमा नेपाल सबैभन्दा नराम्रो एयरपोर्ट हुने सूचीको १० औं स्थानमा परेको छ ।

जेदाह, साउदी अरेबियाको किङ अब्दुल्लाजिज अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा नराम्रो एयरपोर्ट हुने सूचीको एक नम्बरमा छ ।

यता संसारको सबैभन्दा राम्रो एयरपोर्टको शीर्ष स्थानमा सिंगापुर परेको छ । – सीएनएन

संसारका १० सबैभन्दा राम्रा एयरपोर्ट:

१. चान्जी अन्तर्राष्ट्रिय एयरपोर्ट (सिंगापुर)
२. इन्चन अन्तर्राष्ट्रिय एयरपोर्ट (सोउल, दक्षिण कोरिया)
३. हानेदा अन्तर्राष्ट्रिय एयरपोर्ट (टोकियो, जापान)
४. ताओयुआन अन्तर्राष्ट्रिय एयरपोर्ट (टाइपेइ, ताइवान)
५. म्युनिख अन्तर्राष्ट्रिय एयरपोर्ट (जर्मनी)
६. कान्साई अन्तर्राष्ट्रिय एयरपोर्ट (ओसाका, जापान)
७. भानक्युभर अन्तर्राष्ट्रिय एयरपोर्ट ( भानक्युभर, क्यानडा)
८. हेल्सिन्की अन्तर्राष्ट्रिय एयरपोर्ट (भान्टा, फिनल्याण्ड)
९. टालिन अन्तर्राष्ट्रिय एयरपोर्ट (टालिन, इस्टोनिया)
१०. क्लोटेन अन्तर्राष्ट्रिय एयरपोर्ट (ज्यूरिख, स्विटजरल्याण्ड)

सबैभन्दा नराम्रा एयरपोर्टः

१. किंग अब्दुल्लाजिज अन्तर्राष्ट्रिय एयरपोर्ट (जेदाह, साउदी अरेबिया)
२. जुबा अन्तर्राष्ट्रिय एयरपोर्ट (जुबा, दक्षिण सुडान)
३. पोर्ट हार्कोट अन्तर्राष्ट्रिय एयरपोर्ट ( पोर्ट हार्कोट, नाइजेरिया)
४. तास्केन्ट अन्तर्राष्ट्रिय एयरपोर्ट (तास्केन्ट, उज्बेकिस्तान)
५. सान्तोरिनी अन्तर्राष्ट्रिय एयरपोर्ट (क्रिट, ग्रिस)
६. चानिया अन्तर्राष्ट्रिय एयरपोर्ट (क्रिट, ग्रिस)
८. सिमोन बोलिभर अन्तर्राष्ट्रिय एयरपोर्ट (काराकास, भेनेजुयला)
९. लण्डन लुटोन अन्तर्राष्ट्रिय एयरपोर्ट (लुटोन, इंगल्याण्ड)
१०. त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्ट (काठमाडौं, नेपाल)

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...