Saturday, November 19, 2016

सरुको ‘हिमाल हल्लाउन सक्छु’मा बेनिशा र निराजनको यस्तो प्रेम (भिडियो)

nepal-vs-japan

काठमाडौं । गायिका सरु गौतमको ‘हिमाल हल्लाउन सक्छु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । स्वरमा उनलाई सुभाष पुरीले साथ दिएका छन् । प्रभा बर्तौलाको शब्द रहेको गीतमा थानेश्वर गौतमले संगीत भरेका छन् । सुरजसिंह ठकुरीले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री बेनिशा हमाल र मोडल निराजन प्रधान फिचरिङ छन् । दिनेश सुनमको म्युजिक एरेन्ज रहेको गीतको भिडियो सम्पादन भरत रेग्मी र छायांकन धिरजजंग शाहले गरेका हुन् । गायिका सरुले यसअघि सार्वजनिक गरेका ‘यसपालीको तीजमा’, ‘सबैले हुटिङ हान्छन्’ आदि बोलका गीत दर्शकले रुचाएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...