Friday, November 11, 2016

बर्दियामा ५३४ वटा लैङ्गिक हिंसाका घटना

बर्दिया, २६ कात्तिक । जिल्लामा पाँच सय ३४ वटा लैङ्गिक हिंसाका घटना घटेका छन् । लैङ्गिक हिंसाका घटनामध्ये कुटपिट १५१, घरनिकाला ५७, अपहेलना ९२, गाली बेइज्जती १५, बहुविवाह २०, आर्थिक हिंसा ११, यौन शोषण ७०, मानव बेचबिखन १६, अलपत्र ५०, फेला पारिएको ४७, बाल विवाह दुई र समाजबाट निकाला तीन वटा गरी कुल पाँच सय ३४ वटा घटना घटेको महिला तथा बालबालिका कार्यालय बर्दियाले जनाएको छ ।

वि.स. २०७० देखि अहिलेसम्म जिल्लामा सो घटना घटेको तथ्याङ्क कार्यालयसंग रहेको महिला तथा बालबालिका कार्यालयका प्रमुख गिराकुमारी बस्नेतले बताउनुभयो ।

उहाँले कुनै पनि हालतमा लैङ्गिक हिंसा घटाउने दोषीलाई उन्मुक्ति दिन नमिल्ने बताउँदै महिला तथा बालबालिकामाथि हुने सबै प्रकारका हिंसा न्यूनीकरणका लागि समाजका सबै पक्ष सम्बेदनशील हुनुपर्दछ भन्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...