Friday, November 11, 2016

विश्वकप छनोटः नेयमारको ब्राजिलले मेस्सीको अर्जेन्टिनालाई हरायो

tarkariwali-kushum

काठमाडौं, २६ कात्तिक । विश्वकप छनोट फुटबल प्रतियोगितामा ब्राजिलले अर्जेन्टिनालाई ३–० गोल अन्तरले पराजित गरेको छ । शुक्रबार विहान घरेलु मैदानमा भएको प्रतिस्पर्धामा ब्राजिलले अर्जेन्टिनामाथि ३–० को शानदार जित निकालेको हो । ब्राजिलमा स्टार खेलाडी नेयमार छन् भने अर्जेन्टिनामा लिओनल मेस्सी छन् । यहाँ नेयमारको टिमले घरेलु मैदानमा मेस्सीको अर्जेन्टिनालाई हराएको हो । ब्राजिलका लागि २५ औं मिनेटमा काउटिन्होले गोल गर्दै टिमको अग्रता सुरुवात गराएका थिए । पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै नेयमारले अग्रता दोब्बर पारे । दोस्रो हाफको ५८ औं मिनेटमा पाउलिन्होले गोल गरेपछि घरेलु टोली ब्राजिलले जित सुनिश्चित गरेको थियो । यो जितसँगै ब्राजिल ११ खेलबाट २४ अंकका साथ विश्वकप छनौटको दक्षिण अमेरिकी समूहको शीर्ष स्थानमा उक्लिएको छ । अर्जेन्टिना भने १६ अंकसहित छैटौं स्थानमा छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...