काठमाडौं, ४ मंसिर । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ४ लाख डलर अर्थात करिब ४ करोड रुपैयाँको तलब नलिने घोषणा गरेका छन् । उनी मात्र एक डलर तलब लिनेछन् । तर, के तपाई जान्नुहुन्छ विश्वका कुन राष्ट्राध्यक्षले वर्षेनी कति तलब खान्छन् ।
जान्नुस् कुन राष्ट्राध्यक्षको कति छ तलबः
१) बराक ओबामा (अमेरिकी राष्ट्रपति)
वर्तमान अमेरिकी राष्ट्रपति बराक ओबामा ४ लाख डलर तलब लिन्छन् ।
२) जस्टिन ट्रुडो (क्यानडियन प्रधानमन्त्री)
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको तलब २.६० लाख डलर अर्थात २ करोड ६० लाख रुपैयाँ छ ।
३) एन्जेला मर्केल (जर्मन चान्सलर)
जर्मनीका चान्सलर (प्रधानमन्त्री) एन्जेला मर्केलको तलब २ लाख ३४ हजार ४ सय डलर अर्थात २ करोड ३४ लाख ४० हजार छ ।
४) जैकब जुमा (दक्षिण अफ्रिकी राष्ट्रपति)
दक्षिण अफ्रिकाका राष्ट्रपति जैबक जुमाको तलब २ लाख २३ हजार डलर अर्थात २ करोड २३ लाख रुपैयाँ रहेको छ ।
५) सिन्जो आबे (जापानी प्रधानमन्त्री)
जापानका प्रधानमन्त्री सिन्जो आबेले २ लाख ३ हजार डलर अर्थात २ करोड ३ लाख तलब खान्छन् ।
६) रेसेप तेयप एडोगान (टर्कीस राष्ट्रपति)
टर्कीका राष्ट्रपति रेसेप तेयप एडोगानपनि तलब मामिलामा अगाडि छन् । उनलाई १ लाख ९७ हजार डलर अर्थात झण्डै २ करोड रुपैयाँ मिल्छ ।
७) फ्रान्सवा ओलान्द (फ्रान्सीस राष्ट्रपति)
फ्रान्सका राष्ट्रपति फ्रान्सवा आलान्दको तलब १ लाख ९४ हजार डलर रहेको छ ।
८) टेरेजा मे (व्रिटिस प्रधानमन्त्री)
बेलायतकी प्रधानमन्त्री टेरेसा मेले १ लाख ७८ हजार २५० डलर तलब पाउँछिन् ।
९) भ्लादिमिर पुटिन (रुसी राष्ट्रपति)
रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन विश्वकै शक्तिशाली राष्ट्रप्रमुख मानिन्छन् । उनको तलब १ लाख ३६ हजार डलर रहेको छ ।
१०) मत्तेयो रेनजी (इटली प्रधानमन्त्री)
इटालीका प्रधानमन्त्री मत्तेयो रेनजी पनि धेरै तलब पाउने विश्वका राष्ट्राध्यक्षको सूचीमा परेका छन् । उनको तलब १ लाख २४ हजार डलर रहेको छ ।
११) नरेन्द्र मोदी (भारतीय प्रधानमन्त्री)
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तलब ३० हजार ३ सय डलर अर्थात ३३ लाख रुपैयाँ रहेको छ ।
१२) शी जिनपिङ (चिनियाँ राष्ट्रपति)
विश्वकै शक्तिशाली देशमध्येको एक चीनका राष्ट्रपति शी जिनपिङको तलब अन्य राष्ट्राध्यक्षको तुलनामा कम छ । उनलाई २२ हजार डलर अर्थात २२ लाख रुपैयाँ मात्रै तलब मिल्छ ।
No comments:
Post a Comment