Saturday, November 19, 2016

नेपाली चलचित्र ‘द विनर’ किन एक पटक हेर्नै पर्ने ? निर्माता खरेल संग डीसीमा लिइएको छोटो अन्तर्वार्ता

 bikash-kharel
 नेपाली चलचित्र ‘द विनर’ बलिउड स्तरको अष्ट्रेलिया, दुबई र नेपालमा छायांकन गरिएको चलचित्र हो l हिक्मत बिष्टको निर्देशनमा तयार भएकाे चलचित्र ‘द विनर’ मुलुक बाहिर हाल अमेरिकाका बिभिन्न राज्यहरुमा प्रदर्शन गरिने भएको छ l
निर्माता विकास खरेल हाल अमेरिकामा यस चलचित्रको प्रबर्धनको लागि आएका छन् l उनि संग चलचित्र सम्बन्धि जिज्ञाशा राख्दा खरेल भन्छन , चलचित्र  सन्देह (सस्पेन्स )छ भने l र अरु कुरा सबै खोल्नु भन्दा एक पटक नेपाली समुदायलाई हेर्न आग्रह गरे l
खरेलले अगाडी भने हामीले समय लगाएर धेरै मेहनत गरि नेपाली दर्शकले मन पराउने प्रकारको चलचित्र निर्माण गरेका छौ l राम्रो स्तर र अहिले सम्म कै ठुलो लगानीमा निर्माण भएको यस चलचित्रमा सबै कुरा दिने प्रयास गरिएकोले चलचित्र दर्शकले मन पराई दिनु हुन्छ भन्ने आशा लागेको बताए l
र ,उनले अगाडी भने चलचित्र मनोरंजन पनि छ l उनले थप जानकारी दिदै ८ वटा देशक कलाकारहरु पनि यस चलचित्रमा रहेको बताए l अमेरिकामा केहि हप्ता भित्र नै दर्जनौ स्थानमा प्रदर्शन गरिने बताउदै प्रारम्भमा डिसि क्षेत्रमा प्रदर्शन हुने यस चलचित्र आफुलाई नजिक पर्ने स्थानमा आएर हेर्न हुन् अनुरोध पनि गरेका छन् l
चलचित्रमा मलिना जोशी, मन्चिन शाक्य, राजकुमार पन्त, रेशु तामाङ तथा अमित गिरी मुख्य भूमिकामा छन् ।
थप जानकारी लिन निर्माता खरेल संग डीसीमा लिइएको छोटो अन्तर्वार्ता : 
https://www.youtube.com/watch?v=ZohdaiIQKOM&feature=youtu.be

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...